onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

`जेभियर कप ´ बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ गोल्डेनगेट र महिलातर्फ साइपाललाई

काठमाडौं ( अनलाइन खेलखबर ) | जेभियर इन्टरनेसनल कलेजद्वारा आयोजित `जेभियर कप ´ यु–१९ बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ गोल्डेनगेट इन्टरनेसनल कलेज तथा साइपालले महिलातर्फ एकेडेमीले उचालेको छ ।

मंगलबार भएको प्रतियोगिताको फाइनल खेलमा गोल्डेनगेटले आयोजक जेभियरलाई ६८–६५ ले पराजित गर्दै पुरुषतर्फ च्याम्पियन बन्यो ।

गोल्डेनगेटले ७–१७, २२–१६, २४–११ र १५–२१ को प्रदर्शन गर्यो ।

यता महिलातर्फ च्याम्पियन बनेको साइपालले समृद्धिलाई ५९–४५ ले पराजित गरेको थियो ।

प्रतियोगिताको विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, जेभियरका प्रमुख कार्यकारी अधिकृत लोक भण्डारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्