onlinekhelkhabar.com

Complete website for Nepali Sports News

चुनौतीको चाङमा महिला क्रिकेटको स्वर्ण सपना !

शलमान शाह (अनलाइन खेलखबर ) | दक्षिण एसियायी खेलकुदको महा – कुम्भमेला आउँन अब केहि दिनमात्र बाकी रहेको छ ।

यस्तोमा नेपालमा अहिले खेलकुदको माहोल क्रमशः बढदै गएको छ । नबढोस पनि किन जहाँ सात देसका हजारौं खेलाडीको सहभागिता यसपटकको १३ औं संस्करणको दक्षिण एसियायी खेलकुद ( साग ) मा रहेको छ ।

जसमध्य आयोजक नेपाल अहिले आयोजनालाई भब्य र सभ्य बनाउँने मामलामा कुनै कन्जुस्याइँ गरेको पाईएको छैन । नेपालले आयोजनालाई एतिहासिक बनाउँन जुटिरहेको छ ।

भौतिक पुर्वाधारमा केहि ढिला सुस्ति भएता पनि अधिकाम्स खेल संरचना अहिले खेल्न लायक बनेका छ्न । सागलाई मध्यनजर गर्दै धेरै खेल पूर्वाधारमा यसपटक ध्यान पुर्याईएको देखिएको छ ।

जुन किसिमले पूर्वाधार बनेका छ्न त्यसले अबको एक द्शकका लागी यिनै पूर्वाधारले नेपाललाई प्रयाप्त बन्ने बिश्वास लिईएको छ ।

यस्तोमा आयोजना सभ्य र भब्य बनाउँन जुटिरहेको नेपालले घरमै हुन लागेको सागमा ठुलो सफलता हात पार्ने दाबी समेत गरेको छ ।

जसमा नेपालले कम्तिमा ५० स्वर्णको आशा राखेको छ । महत्वाकांक्षी भन्ने कि ! त्यो त आगामी दिनले अबस्य बताउँने छ ।

तर नेपालले सागलाई भनेर गरेको तयारी अहिलेसम्मको तयारीका हिसाबले ठुलो तथा ब्यापक गरेको मान्नुपर्छ ।

केहिलाई छोडेर धेरै खेलका धेरै खेलाडीहरुले बिदेशमा पुगेर बन्द प्रशिक्षण गरेका छ्न भने स्वदेशमा पनि लामो बन्द प्रशिक्षण गरेको पाईन्छ ।

तयारीनै भनेर नेपालले ठुलो रकम खर्च समेत गरेको छ । र घरमा हुन गईरहेको यस सागबाट नेपालले ठुलो उपलब्धि हासिल गर्नमा आशाबादी समेत रहेको छ ।

बिशेषगरि महिला खेल र खेलाडीहरुले नेपालको आशालाई भरोसामा परिणत गर्ने सक्ने सङ्केत प्राप्त भएको छ त्यो नेपालका लागि पक्कै सन्तोषजनक कुरा समेत हो ।

विशेषगरि चर्चामा रहने खेल फुटबल , भलिबलसँगै क्रिकेटलाई पनि प्राथमिकताका साथ हेरिएको छ । महिला क्रिकेटमा यसपटक नेपालले ठुलो आश गरेको छ । अन्य खेलमा त छ्दै छ ।

झट्ट हेर्दा महिलाक्रिकेटले संभावनाको ढोका समेत खुल्ला राखेको छ् ।

तर संभावनाका कुरा गर्दै गर्दा नेपाललाई त्यती सहज भने पक्कै हुने छैन । चुनौतीका पहाड टेकेर स्वर्ण सपना देखेको नेपाललाई अबसरसँगै थप चुनौतीपूर्ण समेत रहेको छ ।

दक्षिण एसियामा आफैमा क्रिकेट निकै लोकप्रिय खेल , क्रिकेटको क्रेज यति धेरै छ कि त्यो अन्य खेलको तुलनामा धेरै गुणाले माथी रहेको छ ।

कहाँ क्रिकेट छ भने कहाँ अन्य खेल , कुरा यहीँ निर आउँछ लोकप्रियका हिसाबले सागमा यसपटक टेस्ट राष्ट्रका श्रीलंका र बङलादेश आउँदै छ । जसमा उनिहरुले राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरेका खेलाडीलाई समेत प्राथमिकता दिएर सागमा पठाउने तयारी गर्दै गर्दा नेपालको स्वर्ण सपनामाथि केहि असर पुर्याउने हो कि ! यो अहिले धेरैले महशुस समेत गरेको कुरा हो ।

यसैबीचमा अर्का बलिया भारत र पाकिस्तानले भने साग क्रिकेटमा सहभागि नजनाउँने भएपछी केहि राहत पक्कै मिलेको हुनुपर्छ ।

तर यसो हामीले सोचीरहदा राष्ट्रिय टिमको भने उनिहरु नआउँदा दुख लागेको प्रतिक्रिया रहेको छ ।

यसले पनि देखाउँछ कि नेपाल जुनसुकै देश या स्तरको भएपनि आफ्नो क्षमता प्रती पूर्ण बिश्वस्त छ र गरेर देखाउने भोक उनिहरुमा देखिएको छ जुन आफैमा सकारात्मक र तारिफयोग्य पनि रहेको छ ।

अब के नेपालले सोचे अनुरुप नतिजा निकाल्ला त ? के हामीले टेस्ट राष्ट्रलाई हराउँने क्षमता राख्छौं त ? हामीले त्यो स्तरको तयारी गरेयौं त ? यावत कुराहरु मनमा उब्जिन थालेका छ्न । जुन स्वाभाविक जिज्ञासा समेत हो ।

तर सपना ठुलो बोकेको भएपनी नेपालको सन्तोषजनक तयारी भने हुन सकेन । यसपटक राष्ट्रिय खेलकुद परिषद ( राखेप ) ले महिला टिमलाई पनि प्राथमिकतामा राख्दै करिब ४ जति लामो बन्द प्रशिक्षणमा राख्यो ।

राष्ट्रिय पुरुष टिमलाई ठुलो सफलता दिलाउँने प्रशिक्षक जगत टमटालाई महिला टिमलाई हेर्न जिम्मेवारी दिईयो । उनको ईक्छा अनुसार राखेपले यो स्तरको प्रशिक्षक् महिला क्रिकेट टिमलाई उपलब्ध गरायो । उनमा भएको अनुभव र सिपले आगामी दिनहरुमा खेलमा पनि लागु पक्कै हुनेछ यसमा दुईमत छैन ।

तर राम्रो साथ पाउँदा पाउँदै पनि महिला टिमको जुनको किसिमको सपना रहेको छ घरेलु मैदानमा ईतिहास रच्ने !

ठुला टिमसँग खेल्न, हाम्रो पनि ठुलो तयारी हुनुपर्ने हो त्यो हुन पाएन । हो यहिनिर नेपाल कहिन – कहि चुकेको पाईन्छ ।

सुरुवाती अबस्थामा वैदेशिक भ्रमण या राम्रा बिदेशी टिमलाई स्वदेशमा बोलाएर अभ्यास खेल खेलिने भनिएको भएपनी विडम्बना त्यो हुन सकेन । जसका लागी निकै प्रयास समेत नभएका होईनन तर प्रयास सफल हुन सकेन ।

अभ्यास खेल किन जरुरी छ , त्यसको महत्व सबैलाई अबगतनै रहेको छ । जसले खेलाडीलाई हौसला प्रदान र आफ्नो क्षमतामा बिश्वास बढाउन र समग्रमा टिमको स्तरलाई समेत मापन गर्न यसले ठुलो भूमिका निर्वाह गर्ने गर्छ ।

अहिले नेपाल कुन स्तरको टिम हो भन्ने पनि कत्तिलाई अडकल गर्न गार्हो परिरहेको वर्तमान अबस्थामा छ । सुखद कुरा – पछिल्ला दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको नेपालको प्रदर्शन सन्तोषजनकनै मान्नुपर्छ ।

थाईल्याण्डमा विश्वकप छ्नोट खेलेर फर्किएपछी फेरि महिला क्रिकेट अलिकति जुरमिराउन थालेको हो । यसबीचमा महिला क्रिकेटले घरेलु दुई ठुला टि – ट्वान्टी प्रतियोगिता खेल्यो ।

जसमा प्रधानमन्त्री कप र नेपालको पहिलो महिला क्रिकेट लिग वुमेन्स च्याम्पियन्स लिग ( डब्लूसिएल ) रहेका थिए ।

जसको प्रभाव खेलाडीहरुमा पनि राम्रो पाईएको छ । प्रतिभावान खेलाडीले आफ्नो प्रतिभा देखाउन अबसर प्राप्त गरे । केहिले राम्रो प्रभाब छोडन् समेत सफल भए भने अनुभवी खेलाडीहरुले पनि आफ्नो खेलमा न्याय दिएका छ्न ।

बन्द प्रशिक्षणकै दौरान भएको डब्लूसिएलले तयारीमा थप टेवा पुर्याएको छ । जसले ठुलो महत्वपूर्ण भूमिका निर्वाह गर्यो ।

र डब्लूसिएलको समाप्ती पछि पुन टिम : सागको तयारीमामा जुटेयो । खेल हुने पोखरामा तयारी काठमाडौं गरिरहेको टिमलाई अहिलेसम्म घरेलु मैदान- घरेलु मैदान जस्तो भएन ।

क्रिकेटमा घरेलु मैदानले ठुलो भूमिका राख्छ , मैदानको अबस्थालाई बुज्दा धेरै फाईदा टिमलाई हुने गरेको पाईन्छ । तर नेपालले सागका लागी तयार गरिएको मैदानलाई एक झल्को पनि पाउँन सकेन ।

मैदानको प्रकृतीलाई बुज्न टिमलाई गार्हो पक्कै हुनेछ । सिधा भन्दा आयोजक घरेलु मैदानको फाईदा नेपालले उठाउन सकेन , जसरी बाहिरी टिम मैदानलाई अन्नबिज्ञ छ्न त्यसरी नेपाली टोलीपनि रहेको हुँदा घरेलु मैदान – मैदान भनेर ठुलो बन्नु पर्ने अबस्था रहेन ।

तर यो होईन कि पक्कै नेपाली खेलाडीहरुलाई मैदान साथ दिदैन नेपाली खेलाडीलाई साथ दिने खालको मैदान निर्माण भने गरिएको बुझिएको छ । जुन सुखद मान्नु पर्छ ।

अर्को कुरा घरेलु मैदानमा समर्थकहरुले पनि राम्रो साथ दिने आशा गरिएको छ । यसपटक पोख्रेली समर्थकहरुले महिला क्रिकेटलाई पूर्णसाथ दिनेछ्न भन्ने लागेको छ ।

र दिनुपनि पर्छ हाम्रो साथ र समर्थनले खेलाडीलाई अझ राम्रो गर्न प्रेरणा मिल्ने र खेलमा राम्रो गर्न हौसला प्रदान गर्न हुँदा समर्थकहरुले राम्रोसँग साथ दिन जरुरी पनि छ ।

अब सागमा नेपालले कस्तो खेल्नेछ । टि – ट्वान्टी खेल हो जे पनि हुन सक्छ बलिया भनिएका टिम पनि पराजित नहुने भन्ने हुँदैन यसका धेरै उदाहरण पनि छ्न ।

नेपाललाई यसपटक अझ मौका समेत रहेको छ बलियो भनिएका टिमलाई पराजित गर्दै असली च्याम्पियन बन्न पनि , कमजोरलाई पराजित गरेर च्याम्पियन बन्नु र बलियोलाई हराएर च्याम्पियन बन्नुमा ठुलो अन्तर छ । र नेपाली सोहि रणनीतिका साथ सागका लागी तयार छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *