वस..`धेरै गोल नखाओस´

वस..`धेरै गोल नखाओस´

शलमान शाह ( अनलाइन खेलखबर ) । बिहिबार म बाहिर एक कार्यक्रममा सहभागी भएर सार्वजनिक यातायातमार्फत घर फर्किदै थिए, मेरो छेउमा एकजना दाई आउनु भयो उमेरले त्यस्तै ३२/३३ बर्षको हुनुहुन्थ्यो होला ।

यस्तै कुराकानी चल्दै गर्दा फुटबलको कुरा हुन थाल्यो । उहाँपनि फुटबल धेरै मन पराउँने मान्छेमा पर्नुहुदो रहेछ । अझ बिशेषगरी नेपाली फुटबललाई अझ नजिकबाट निल्याल्दै आउनु भएको धेरै भएको रहेछ ।

उहाँ नेपालि फुटबलको धेरै कुराहरुसँग परिचित हुनु हुदो रहेछ । आफुपनि खेलसँग जोडिएको हुँदा उनिसँग छोटो समयमा धेरै कुराहरु हुन पुग्यो ।

यसैबीचमा नेपालको आसन्न अष्ट्रेलियासँगको खेलमा केन्दित रह्यो । उनि भन्दै थिए अरु त्यस्तै हो ” वस धेरै गोल नखाओस ! अष्टेलिया हामीहरु भन्दा निकै बलियो टिम हो । हामिहरु उनिहरुसँग खेल्न पाउनु ठुलो कुरा हो उनि सुनाउदै थिए ।

यी त् एक प्रतिनिधी भनाई हो , अहिले फुटबलबित् मा यहि कुराले बिशेष महत्वका साथ स्थान पाईरहेको अबस्था छ ।

सन् २०२२ मा एसियाली मुलुक कतारमा हुँन गईरहेको फिफा विश्वकप छनोटको दोस्रो चरणको तेस्रो खेलमा नेपालले आउँदो असोज २३ गते एसियाको बलियो मध्यको एक टिम अष्ट्रेलियाको सामना गर्दैछ ।

छनोट खेलमध्य यसघि नेपाल पहिलो खेलमा कुबेतसँग उसैको घरेलु मैदानमा ७-० ले पराजित भएको थियो । लगभग आफैनै स्तरको टिमसँग यो स्तरको हारले गर्दा नेपाली फुटबल टिमको ब्यापक आलोचना भएको थियो ।

त्यसपछी टिमले अर्को खेलमा त्यो आलोचनालाई पूर्णबिराम लगाई थियो । हामि भन्दा बलियो मानिएको फिफा वरियतामा पनि नेपाल भन्दाधेरै माथि रहेको चाईनिज ताईपेलाई नेपालले उसैको घरेलु मैदानमा घरेलु दर्शकमाझ २-० ले पराजित गर्यो ।

यो जित नेपालका लागि नेपाली समर्थकका लागि खास रहयो । चाईनिज ताईपेसँग खेल्नु अघि कुबेतसँगको त्यो पिडालाई यस खेलले मलमको काम गरेको थियो ।

जित आफैमा सुखद पक्ष हो । जितले नेपालमा सकारात्मक संदेश प्रबाह गर्यो साथै खेलाडीहरुका लागि पनि त्यतिकै राम्रो छाप छोडेको पाईन्छ ।

कुबेतसँगको त्यो अपत्यारिदो हारलाई केहि हदसम्म चाईनिज ताईपेको खेलले भुल्याउने कोशिस पक्कै गर्नेछ ।

कुबेत , चाईनिज ताईपे पछी नेपालको अब अर्को प्रतिश्पर्दी अष्ट्रेलिया रहेको छ । अष्ट्रेलियासँग खेल्नका लागि नेपाली टोली अष्ट्रेलिया पुगिसकेको अबस्था छ ।

नेपालले पहिलो पटक यो स्तरको टिमसँग खेल्दैछ । तयारीका हिसाबले त्यति सन्तोषजनक नभएपनि नेपाल अष्ट्रेलियासँग डटेर खेल्न तयार रहेको छ ।

५ पटक विश्वकप खेलिसकेको अष्ट्रेलियासँग खेल्नु नेपालका लागि त्यति सामान्य कुरा पक्कै भने होईन नेपालका लागि ठुलो अबसर पनि हो ।

सन् १९७४ मा पहिलो पटक विश्वकप खेलेको अष्ट्रेलियाले सन् २००६ देखिका सबै विश्वकपमा आफ्नो सहभागिता जनाईसकेको छ ।

हामि भन्दा निकै माथि रहेको अष्ट्रेलियासँग खेल्नुलाई ऐतिहासिक भेटजस्तै लिदा फरक नपर्ला । सन् २०१५ को एसिया च्याम्पियन समेत रहेको अष्ट्रेलियासँग नेपालले कस्तो प्रदर्शन गर्ला अहिले त्यही कुराले सबैको मनमा खुलदुली पैदा गरेको छ ।

अबस्था र माहोल र प्रदर्शनलाई हेर्ने हो भने अष्ट्रेलियाले नेपाललाई नचाई नचाई हराउने पक्कै छ । तर हार जित खेलको अभिन्न अंग हो तर नेपालले यो स्तरको टिमसंग भने ठुलो अन्तरले नहारोस भन्ने धेरैले कामना समेत गरेको अबस्था छ ।

तर यहाँनिर आउछ फुटबल हो । बलिया भनिएका टिमहरु पनि कहिले काही कमजोर देखिएका र मानिएका टिमसँग पराजित भएका विश्व फुटबलमा धेरै उदारण रहेका छन ।

विश्व फुटबलमा अष्टेलियाले बिपक्षी टिम अझ डटेर खेल्छ , फुटबलको गण युरोपका टिमसँग पनि अष्ट्रेलियाले राम्रोसँग प्रदर्शन गर्दै आएको छ । त्यो जुनसुकै बेलामा पनि देख्न सकिन्छ पछिल्लो सन् २०१८ मा फिफा विश्वकपमा समेत अष्ट्रेलियाले राम्रो प्रदर्शन गरेको मान्नुपर्छ ।

समूह ‘सी ” मा रहेको अष्ट्रेलिया फ्रान्ससँग २-१ ले डेनमार्कसँग १-१ को बराबरीमा र पेरुसँग भने २-० ले पराजित भएको अष्ट्रेलिया अहिले फिफा वरियतामा पनि ४४ औँ स्थानमा रहेको छ । भने नेपाल हामी १६१ औँ स्थानमा रहेको छ ।

यसलेले पनि प्रमाणित गरेको छ की हामि र उनिहरुको स्तर , तर हामीले यो सुनौलो अवसरलाई सक्दो सदुपयोग गर्नुपर्नेछ ।

खेलेपछि जुनसुकै टिमले पनि जित्नका लागिनै खेल्नेछन । नेपाल पनि खेल्नेछ , हार जित आफ्नो ठाउमा छ तर माथि प्रतिनिधि पात्रले भनेको जस्तो धेरै गोल अन्तरले पराजित नहोस भन्ने सम्पूर्ण फुटबल समर्थकलाई लागेको छ ।बाकि कुरा र क्रमश खेलमा नै भर पर्नेछ ।

अष्ट्रेलिया र नेपालको ऐतिहासिक भिडन्त अष्टेलियास्थित २५ हजार क्षमताको कैनबरा स्टेडियममा असोज २३ राती नेपाली समय अनुसार पौने ३ बजेपछि हुँनेछ । जहाँ खचाखच दर्शकको उपस्थिति रहने आकलन गरिएको छ ।

खेल हुने रंगशाला

अष्ट्रेलियामा पछिल्लो समय नेपालीहरु बाक्लो सङख्यामा पुगेको अबस्थामा नेपाली टिमले पनि केहि दर्शक पक्कै पाउने छ । संसारभरबाट डिजिटल माध्यमबाट त् हेर्ने त छ दै छ ।

विश्वकप छनोटमा अष्ट्रेलियाले एक खेल खेलेको छ जसमा अष्ट्रेलियाले कुबेतलाई ३-० ले पराजित गरेको थियो । विश्वकप छनोटमा समूह “बी ” मा रहेको कुबेत २ खेलबाट एकमा जित र एकमा हार व्यहोर्दै ३ अंकका साथ् अहिले अंकतालिकाको पहिलो स्थानमा रहेको छ ।

भने अष्ट्रेलिया एक खेलमा जित हासिल गर्दै समान ३ अंक भएपनि गोल अन्तरले पछी पर्दै दोस्रो स्थानमा रहदा तेस्रोमा जोर्डन रहेको छ । यता नेपाल २ खेलबाट एक मा जित र एकमा हार सगै ३ अंकसहित चौथो स्थानमा रहेको छ भने चाईनिज ताईपे अंकबिहिन अन्तिम स्थानमा रहेको छ ।

डबल राउण्ड रोबिनमा संचालन भईरहेको यस छनोटको समूह विजेता विश्वकपको तेस्रो छनोटमा पुग्नेछ । एसियाका मुलुकलाई ८ समुहमा बिभाजन गरि छनोट खेल भईरहेको छ | यहाँबाट ८ समूहका विजेता र ४ उत्कृष्ट उप विजेता तेस्रो चरणमा पुग्ने फिफाले प्राबधान बनाएको छ ।

नेपाली टोली

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल

मिडफिल्डर : रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई

फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *