लाग्यो यहाँ सफलतामा मात्र साथ मिल्छ

लाग्यो यहाँ सफलतामा मात्र साथ मिल्छ

बैशाख ७ ,शलमान शाह (अनलाईन खेलखबर ) ।। जादाँ ठुलो उत्साह र उमंग खेलाडीहरुमा थियो , अर्को बर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपलाई लिएर छनोट प्रतियोगिता खेल्न खेलाडीहरुमा छुट्टै उत्साह थियो ।

तर मलेसिया बाट विश्वकप् एसिया छनोट प्रतियोगिता खेली स्वदेश फर्किदा सुक्रबार बेलुका खेलाडीहरुमा त्यसको ठिक बिपरित अबस्था थियो । मलिन अनुहार सहित नेपाल फर्किएका खेलाडिहरुमा निराशायुक्त भाव झल्किन्थ्यो । विश्वकपमा छनोट नहुदाको पिडा प्रस्टै खेलाडीहरुको अनुहारमा देखिन्थो । विश्वकप खेल्ने सपना सहित मलेसिया पुगेको नेपालि खेलाडीको सपना अधुरोनै रह्यो । सोहि कुरा सबै खेलाडीहरुको मनोबृतिमा देखिन्थ्यो ।

करिव ६ बजेतिर आईपुग्ने भनिएपनि प्राविधिक कारणले केहि ढिला हुन् पुगेको थियो र खेलाडिहरु बाहिर आईपुग्दा सम्म बाहिर अध्यारो भईसकेको अबस्था थियो । विमानस्थल वरिपरि पानि परिरहेको हुदाँ मौसम पनि चिसो-चिसो बन्दै गएको थियो । मुख्यत : पानिले नेपाललाई दुर्भाग्यपूर्ण विश्वकपबाट बन्चित गराएको अबस्थामा पानीले नै खेलाडीलाई स्वागत गर्यो ।

यो अमिठो अबस्थाको मिठो संजोग हुन् पुग्यो । टीम बाहिर आयो स्वागत निकै खल्लो भयो कोहि पुगेनन् स्वागतका लागि , एक होटेल ब्यबसायी पुगेर सबैलाई खादा लगाएर स्वागत गरे । न त्यहाँ सम्बधित सरोकारवाला पुगे । न समर्थकहरु हेरिरह्दा लाग्यो यहाँ सफलतामा मात्र साथ् मिल्छ यो कुरा युवा क्रिकेट टिमको हकमा पनि यसपटक दोरियो । यो नेपाली खेलकुदको र बिषेश गरि क्रिकेटमा यसअघि पनि यस्ता कुराहरु हुदै आएको हामिहरुले देखिरहेको नै हो यो नौलो पक्कै भने थिएन ।

नेपाली क्रिकेट अहिले अभिवाबक बिहिन छ । खेलाडीहरुको अभिवाबक क्यान आईसिसिको निलम्बनमा रहेको छ , यहि कुराको प्रत्यक्ष प्रभाव सुक्रबार पनि देखियो । साझको बेला भएको हुदाँ समर्थकहरु पनि नपुगेको हुनुपर्छ या समर्थकहरुलाई पनि सफलता संगै खुशियाली मनाउने बानि परिसकेको छ । यो आफैमा आफु भित्र सोचनीय बिषय पक्कै रहने छ ।

जव नेपालले कुनै प्रतियोगितामा सफलता पाउछ त्यसपछि बिमानस्थलमा स्वागत गर्नेहरुको माहोल देख्दा लाग्छ ,आहा ! तर यी यस्ता अबस्थामा झन् खेलाडीहरु लाई साथ् र हौसला चाहिएको हुन्छ । यस्तोमा हामि चुक्दै आएको छौं । यो हालको हाम्रोमा देखिएको यो तितो सत्य हाम्रो एक बिडम्बना समेत हो ।

सफलतामा ठिक छ । खेलाडिहरु सँग खुशियाली मनाऔं अझ साथ् माया प्रदान गर्दै गर्यौ त्यसलाई निरन्तरता दिदै जाउँ । र सबैमा लागु नहोला र सबैमा भएको अझ राम्रो तर केहिले यस्तो अबस्थामा खेलाडीहरुको मनोबल बढाउन भएपनि , साथ् , माया र हौसला प्रदान गर्न पक्कै यस्तोमा सम्बधित पक्षहरु नचुक्नु !

खेलाडी क्रमश :आए धेरै खेलाडिहरु कुनै प्रतिक्रिया बिनानै सवारीसाधन तर्फ अग्रसर भए । खेलाडीहरु कुरेर विमानस्थलमा बसेका केहि औलामा गनिन सकिने संचारमाध्यम बाट आएका संचारकर्मीले कप्तान रोहित कुमार पौडेल र टिमका मुख्य प्रशिक्षक बिनोद दास सँग कुराकानी गरे । जसमा खेलाडीहरुको मेहनत तथा लगन देख्दा हारेपनि खुशी रहेको सकारात्मक भनाई रोहितले राखे ।

१ रनको महत्व के हो त्यो सम्झना टिमलाई सदैभ रहने बताउदैं यसपटक टिमले राम्रो गर्दा गर्दै पनि भाग्यले नेपाललाई साथ् दिएन उनले थपे । बर्षाले प्रभावित गरेको पुरा खेल्न नसकिएको युएई बाहेक अरु प्रतिद्द्न्दीलाई डोमिनेट गरेर खेल्यौ उनको यस्तो धारणा ब्यक्त गरे ।

रोहितको धारणा पछि प्रशिक्षक विनोद दासले भाग्यले साथ नदिँदा विश्वकप खेल्न नपाएको भनाई राखे , र यसपछि उनीहरु गन्तब्य तिर लागे हामीहरु पनि हतार हतार आफ्नो- आफ्नो गन्तब्य तिर लाग्यौं । ..क्रमश :

Leave a Reply

Your email address will not be published. Required fields are marked *