onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मैले देखेको ज्योत्स्निका शैली

ब्लग

सलमान शाह (अनलाइन खेल खबर ) । कोरोना भाइरस ( कोभिड -१९ ) का कारण करिव ९ महिनापछि नेपाली खेलकुद अन्तर्गत घरेलु खेलकुदमा क्रिकेट फर्किएको छ।

जस अन्तर्गत दाङको लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता जारी रहेको अवस्था छ ।

सम्भवत प्रचारप्रचारका हिसाबले महिला क्रिकेटतर्फ यो हालसम्मकै उच्च पनि हो । जस्तो लाग्छ । अहिले प्रतियोगिताका समूह चरणका खेलहरु सकिसकेका छन् ७ प्रादेशिक टोली र एक विभागीय टोली एपीएफ सहभागिता रहेको प्रतियोगितामा एपीएफ , लुम्बिनी , प्रदेश १ र सुदूरपश्चिम सेमिफाइनल पुगेका छन् ।

त्यसअघि प्रतियोगितामा समूह चरणमा कुल १२ खेल भए जसमा सबैले सम्भावनाको ढोका खुल्ला राखिरहे । त्यसै क्रममा महिला क्रिकेटमा गण्डकी प्रदेशले पनि राम्रो प्रभाव छोड्न सफल भयो । समूहको अन्तिम खेल बाहेक अन्य दुई खेलमा गण्डकीको राम्रो प्रदर्शन रहेको मेरो ठम्माई रहेको छ ।

र टिमसँगै गण्डकी की १३ वर्षिय ज्योत्स्निका मरासैनी सबैको केन्द्रमा पनि परिन् । नपरुन् पनि किन जति उनि उमेरले कलिलो देखिन्थिन त्यसको विपरित उनको खेलमा परिपक्वता देखिन्थ्यो । सायद उनलाई या टिमलाई यो किसिमको माया पाईएला भन्ने लागेको पनि थिइन् ।

प्रतियोगिता अघि केहि सिमितमा परिचित मरासैनीलाई आज क्रिकेटले चिनेको छ । अहिले उनको चारैतिर चर्चा छ , प्रतियोगिता अघि र अहिले उनिलाई हेर्ने नजर पनि फेरिएको जस्तो लाग्छ । सायद अहिले उनि अझ प्रिय बनेकी छन् ।

जसरी उनलाई अहिले सबैले माया र सद्भाव व्यक्त गरिरहेका छन् , त्यसका लागि उनि हकदार पनि हुन् । स्याङ्जा जस्तो पहाडी जिल्ला जहाँ क्रिकेट कम नै हुन्छ । त्यस पृष्ठभुमिबाट आएर राष्ट्रिय प्रतियोगिता यो किसिमको प्रदर्शन गर्नु चानचुने कुरा पक्कै होईन् ।

जब मैले पहिलो दिन देखे , सुरुमै आखा मेरो उनिमा पुगि हाल्यो । नपुगोस पनि किन ,किन भन्दा अन्य नियमित भन्दा उनि भिन्न थिइन् । यो अर्थमा की उनि एक त सानी थिईन् । त्यसमाथि उनले मैदान भित्र देखाईरहेको उपस्थिति आफैमा लोभलाग्दो थियो ।

प्रतियोगितामा उनको डेब्यु सुदूर पश्चिमविरुद्ध रहेको थियो । सुदूर पश्चिम घरेलु क्रिकेटमा राम्रो टिम मानिन्छ । त्यस टिमविरुद्ध उनको डेब्यु अझ यादगार रह्यो । सुरुमा उनले बलिङ गरिन् । जब उनलाई गण्डकीकी कप्तान शिला क्षेत्रीले बलिङ गर्ने जिम्बेवारी दिईन् ।

त्यसपछि देखियो उनि भित्र लुकेर बसेको प्रतिभा,सायद म आफूलाई भाग्यमानि पनि ठान्छु । यो किसिमको प्रतिभालाई अझ नजिकबाट नियाल्ने मौका पाए । त्यसैको फलस्वरूप यो ब्लगको पनि जन्म भएको छ ।

प्रतियोगितालाई लिएर मैले आयोजकबाट जिम्बेवारी प्राप्त गरेको छु । त्यसैले गर्दा यस प्रतियोगिता प्रति मेरो अझ लगाभ छ । एक एक पल र क्षणलाई नियाल्दै आएको पनि छु । त्यस क्रममा मरासैनीलाई मैले पहिले पटक क्यामेराबाट फोटो कैद गर्ने बेलामा देखे । जति कैद गरे अहिले आएर कम गरेको जस्तो लाग्दैछ ।

फोटो खिच्दै थिए , सोच्दै थिए , यी नानी कति वर्षको भईन् होला । मनमा खुल्दुली चल्दै थियो,खेलले लोभयाउँदै थियो । उनि बारे अनेकौं कुराहरु जान्न मन लाग्दै थियो । यस बीचमा पहिलो मेरो प्रश्नको उतर पाए । उनको उमेर मात्र १३ वर्ष पो रहेछ ।

सायद मेरो यो जिज्ञासाको उत्तर भानु सिग्देल जो नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत मिडिया समितिमा रहेर काम गर्छन् । जब मैले उनलाई मरासैनीको उमेर सोध्रे उनिमा पनि एक किसिमको चमक देखिथ्यो । सायद त्यसबेलानै उनि पनि म जस्तै धेरैनै प्रभावित भएका हुनु पर्छ ।

खेल चल्दै गयो । एक पछि उनले पनि राम्रो गर्दै गईन् । मैले पनि खिच्दै गए । त्यस क्रममा उनले एक विकेट पनि लिन् सफल भईन् । जसले सुनमा सुगन्ध थपिदियो । मलाई अहिले पनि झल झली आखामा आईरहेको छ । जसरी उनले उक्त खेलको प्लेयर अफ द म्याच समेत घोषित भएकी रेवती धामीलाई व्यक्तिगत २७ रनको अवस्थामा पभेलियनको बाटो देखाई दिएकी थिइन् ।

१४ ओभरको अन्तिम बलमा विकेट किपर सोनिया थापाको हातबाट क्याच गराएकी उनको त्यस बेलाको त्यो खुशी सारा नेपाली र क्रिकेट पारखीका लागि थियो । उनिमा पनि खुशीको सिमानै थिईन् । मरासैनीको बलमा ठूलो सट खेल्ने क्रममा धामी एज लागेर आउट हुन् पुगेकी थिइन् ।

पहिलो ओभरबाट टिमको मन जित्न सफल भएकी मरासैनीलाई टिमले थप २ ओभर गर्न प्रेरित गर्यो र उनले सफलताका साथ आफ्नो जिम्बेवारीलाई पूरा पनि गरिन् । ३ ओभर बलिङ गरेकी उनले मात्र १३ रन खर्चिएकी थिइन् ।

‘डेब्युमै सानदार बलिङ गरेर म सँगै सबैको ध्यान आफू तिर तानेकी मरासैनीको अर्को सुन्दर पाटो अब सुरु हुन्छ म मैदानमै छु । आफ्नो जिम्मेवारी बहन गर्दै छु ,उनको ब्याटिङको प्रतिक्षामा रहेको छु र अब सुरु हुन्छ मरासैनी शैली ।

सुदुर पश्चिमले दिएको १ सय ८ रनको चुनौतीलाई पछ्याएको गण्डकीले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर ४८ रन बनायो त्यस क्रममा मरासैनी १५ औं ओभरमा ब्याटिङमा आएकी थिइन् ।

आफू जतिको ब्याट , उनलाई ब्याटले पनि साथ दिइरहेको थिइन् । ब्याटसँग साईनो जोड्ननै उनलाई संघर्ष गरिरहनु परेको देखिथ्यो । पछि उनका प्रशिक्षक गोविन्द प्रधानले पनि यहीँ कुरा सुनाउँदै थिए । उनको उमेर अनुसार हामीले उनलाई ब्याट उपलब्ध गराउन सकेनौं । उनलाई अझ सहज बनाउन् उनलाई आफ्नै लेभलको छुट्टै ब्याट भए धेरै राम्रो हुने थियो । उनि भन्दै थिए ।

तर पनि उनले पारीलाई अन्तिम सम्म लगिन् । टिमलाई पूरा ओभरसम्म टिकाइन् १४ बलको सामना गरेकी उनले अविजित रहदै ६ रन पनि बनाइन् । त्यस भन्दा पनि अझ उनको ब्याटिङ शैली आफैमा राम्रो थियो । बल र ब्याटको सम्पर्क भईरहेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीब्र गतिका बलर डली भट्ट र कविता कुवँरको बललाई उनले सजिल्यौ सामना गरिरहेकी थिइन् । उनलाई कुनै हतार थिइन् । उनि आफ्नो नेचुरल लयमा खेल्दै थिईन् । त्यसले पनि क्रिकेटमा वर्षले त्यति फरक पार्दैन भन्ने कूरालाई प्रमाणित गर्छ ।

खेल सकियो । हसिलो मुहारसहित कुशुम गोदारसँग उनि पभेलियन फर्किदै थिइन् । विपक्षी खेलाडीहरुले उनलाई मैदानमै सम्मान प्रकट गरिसकेका थिए । यता माहोल मरासैनीमय बनिसकेको थियो । प्रतियोगितालाई एक्सन स्पोट्सबाट प्रत्यक्ष प्रसारणबाट हेर्ने ब्यबस्था मिलाईएको हुँदा त्यसले झन् साथ दियो ।

जसले यी यस्तै प्रतिभालाई न्याय गर्न ठूलो भूमिका निर्वाह गरिरहेको छ । यसका साथै नेपाली संचार माध्यमले जसरी उनलाई प्राथमिकता दिए ति सबैमा उच्च सम्मान छ ।

खेलपछि हाम्रो खेलकुद डट कमका सम्बाददाता भुपेन्द्र जिसीले पनि यी यस्तै अनुभूति गरेको बताउँदै थिए । उनि त्यसबेला टेलिभिजन कमेन्ट्रीमा रहेका रहेछन् । अनि हामि दुईबीच सल्लाह भयो । र लागौं मरासैनीको पुर्ष्ठभूमि बुझ्न त्यसका लागी प्रशिक्षक गोविन्द प्रधानले सहज वातावरण मिलाईदिए । हामीले मरासैनी र उनै प्रशिक्षक गोविन्दसँग कुरा गर्यौं । पछि भुपेन्द्रले राम्रोसँग स्टोरी लेखे । जून हाम्रो खेलकुद डट कममा गएर पढन सकिन्छ।

त्यसपछि दोस्रो दिन आयो । पहिलो र दोस्रो ठाउँ एउटै थियो , माहोल भने धेरै फरक थियो , उनि चर्चित थिइन् । चर्चा उनकै थियो । जोसँग भेटे सुरुमा उनकै कुराबाट कुराहरु सुरुवात हुँदै थियो । सबैले तारिफ गरेर थाकेका थिएनन् । त्यस क्रममा आयोजक लुम्बिनी प्रादेशिक क्रिकेट संघका अध्यक्ष दुर्गा थापा मगरले प्रतियोगितालाई एउटा उचाईमा पुर्याएको भनाइ ब्यक्त गरेका थिए । उनि भन्दै थिए । जसरी प्रतियोगिताको मर्म थियो । त्यो पूरा भएको आफूलाई अनुभुति भईरहेको प्रतिक्रिया दिएका थिए।

यो त भयो पहिलो दिन त्यसपछि आउँछ दोस्रो दिन मध्य गतिमा बलिङ गर्ने उनले बागमती प्रदेशविरुद्ध विकेट लिन नसके पनि किफायती बलिङ भने गरिन् । ३ ओभर बलिङ गरेकी उनले मात्र १३ रन खर्चिइन् । ब्याटिङमा भने उनको पालो आएन् । समूहको अन्तिम खेलमा प्रदेश १ विरुद्ध पनि उनले पूरै ४ ओभर बलिङ गरिन् । ब्याटिङमा सून्य रनमा आउट हुन् पुगेपनि उनले बलिङमा न्याय गरिन् । त्यसको फलस्वरूप उनले १९ रन मात्र खर्चिन् ।

यसले पनि देखाउछ । उनमा कतिको प्रतिभा छ। उनको बलियो पक्ष भनेको उनिमा प्राकृतिक प्रतिभा छ । आत्मविश्वासको कमि छैन् । सम्भावना धेरै देखाएकी छन् । यी जस्ता प्रतिभालाई अब सबै सरोकारवालाले ध्यान दिनु पर्ने देखिन्छ । कसरी हुन्छ उनलाई क्रिकेटमा भविस्य देख्ने माहोल तयार गरिदिनु पर्छ । साच्चै भन्ने हो भने उनि नेपाली महिला क्रिकेटकी एक आशाकी किरण समेत हुन् ।

उनले क्रिकेट सिक्न थालेको एक वर्ष पनि भएको छैन् । बाहिरी कुरा उनलाई त्यति थाहा छैन् थाहा छ त केवल राष्ट्रका लागि क्रिकेट खेल्ने उनको पनि सपना छ । उनि राम्रो खेलाडी बन्न लागिपरिरहेकी छिन्। त्यसका लागि हामिहरुले उनलाई माया , हौसला साथ र सहयोग गर्न आवस्यक रहेको छ।

यसमा सबैले जिम्बेवारी बहन गर्ने हो । भने त्यो दिन पनि टाढा छैन् । जब उनले खेलमार्फत नेपाललाई विश्वसामू चिनाईरहेकी हुने छिन् ।

प्रतिक्रिया दिनुहोस्