अब हामी फर्किने कि टुलुटुलु मात्र हेर्ने !
सलमान शाह ( अनलाइन खेलखबर ) । कसैले यति सम्म होला भनेर सोचेका थियौं त । कदापी थिएनौं कहिले काहि यस्तो परिस्थिती पनि आउँदो रहेछ जून हाम्रो सोचको दायरा भन्दा पनि कयौं गुणा माथि हुने रहेछ । कसैसँग नझुकेको मानव प्रजाती अहिले एक संकटसँग जुझिरहेको छ ।
खेलकुदको भाषानै प्रयोग गर्ने हो भने पनि हाल यो अवस्थासम्म पनि कसले यो संकटको खेलमा जित्ला ? कहिलेसम्म चल्ला कुनै टुंगो छैन । गत वर्षको डिसेम्बरबाट हाम्रो छिमेकी मुलुक चीनको वुहान प्रान्तबाट सुरुमा सुस्त गतीमा दौडिरहेको कोरोना भाइरस (कोभिड –१९ ) ले अहिले आफ्नो स्वरुपलाई विस्तार गर्दे संसार भर तिब्रगतीमा दौडिरहेको छ ।
जसमा नेपाल पनि अछुतो छैन । सुरुवाती अवस्थामा यस भाइरसको दौडलाई अलिकती टाढाबाट दर्शक बनेर हेरिरहेको हाम्रो देश नेपाल अहिले सस्वयम् दौडमा समावेश छ । जसले गर्दा माहोल पनि अहिले भिन्न छ ।
विश्वभर माहामारीको रुपमा देखा परिरहेको स्वास्थ्य संकट कोरोना भाइरसलाई पराजित गर्ने विश्व जगत लागि पर्दा मुख्यत: पूर्ण पराजित गर्न भ्याक्सिन तयार नहुँदासम्म भाइरसबाट जोगिनका लागि उपयुक्त भनेको सामाजिक दुरी व्यबस्थापननै हो । अहिलेको अवस्थामा जसले जति सामाजिक दुरी कायम राख्न सक्यो त्योनै बढि सुरक्षित छ ।
सामाजिक दुरी कायम रहोस् ,भिडभाड नहोस् जसले गर्दा भाइरसको रोकथाम र नियन्त्रणमा सहयोग पुगोस भनेर त्यस्ता क्षेत्रहरु बन्द छन् ।
अन्य मुलूक जस्तै नेपालमा अहिले लकडाउन ( बन्दाबन्दी ) जारी छ । जसको अवधि लामो भईसकेको हुँदा नेपाल सरकारका लागि व्यबस्थापन गर्न गार्हो अहिले परिरहेको महशुस हुन थालेको छ । त्यसैले अहिले यस बारेमा सरकारले केहि खुकुलो पार्ने कि भनेर योजना तयार गर्दैछ ।
यता भाइरसका कारण अन्य क्षेत्रसँगै खेलकुद पनि प्रभावित छ । भाइरसका कारण केहि महिना खेलकुद गतिविधी पूर्ण रुपमा ठप्पनै भए । तर अहिले भाइरस तत्कालै नियन्त्रण नहुने सङ्केत भएपछि क्रमशः खेलकुद फर्किने क्रममा रहेको छ ।
जसको सुरुवात समेत भईसकेको छ ।भाइरसबाट सबैभन्दा बढी प्रभावित यूरोपको ठूला फुटबल लिग फर्किने क्रममा छ । जसमध्य जर्मनीको बुन्डेस लिगा सुचारुसमेत भईसकेको छ । भने स्पेनिस ला लिगा र इंग्लिस प्रिमियर लिग सुरु हुन लागेका छन् ।
यस्तै फुटबलसँगै अर्को लोकप्रिय खेल क्रिकेट अर्को महिनाबाट सुरु हुने भनिएको छ । भने अन्य खेलहरु पनि सुचारु हुने लयमा रहेका छन् । यस्तोमा विश्व खेलकुद रंगशालामा विना दर्शक, भाइरसको सुरक्षात्मक अपनाउँदै मैदानमा फर्किन लाग्दै गर्दा हाम्रो भने अत्तोपत्तोे छैन ।
नेपाली खेलकुदको अभिभावक राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) का सदस्य सचीव रमेश सिलवालका अनुसार पनि नेपालमा खेलकुद फर्किन अझै समय लाग्नेछ । तर खेलाडीहरुलाई प्रशिक्षणमा चाडैं फर्काउने राखेपले सोच बनाएको छ । र अखिल नेपाल फुटबल संघ ( एन्फा ) , नेपाल क्रिकेट संघ ( क्यान ) लयायत संघका पनि सोच यस्तै यस्तै भएको हुँदा हामीलाई हाम्रा खेलाडीहरु देशमै खेल खेलेको हेर्न अझै मज्जैले पर्खिनु पर्नेछ ।
तसर्थ पहिले विदेश त्यसपछि स्वदेश । यहाँ यो पनि आउँछ । हामीसँग अहिलेसम्म यस बारेमा ठोस छलफल समेत भएका छैनन् । न कुनै योजना पनि सुनिएको छ । प्राविधिक रुपमा यो अवस्थामा मैदानमा फर्किन पहिलोको भन्दा धेरैनै कठिनाई छ । मुख्यत: आर्थिकनै हो । एउटा नेपाली उखान छ नि र्, जस्तो देश उस्तै भेष ’ । ठ्याक्कै त्यसले हाम्रो खेलकुदमा पनि पछ्याईरहेको छ ।
यसका साथै अब नेपालका मनसुन सुरुवात पनि हुदैछ । स्वाभाविक खेल हुने सम्भावना कमै छ ,ईन्डोर खेल त गर्न सकिने हो तर कसले गरिदिने ? त्यसैले यो स्थितिमा हामीमा विदेशी खेलेको टुलुटुलु हेर्नुका बाहेक अन्य विकल्प छैन । अब यो आशा गरौं भाइरस चाडैं नियन्त्रण होस् र कत्तिमा दशौं ,तिहारसम्ममा नेपाली खेलकुद फर्कियोस् ।