
क्रिकेटको बानी त्यतिकै कहाँ सजिलै छुट्छ र..
जब जान्ने बुझ्ने हुँदै थिए खेल प्रती मेरो रुचि क्रमशः बढ्दै जाने क्रमको सुरुवात हुँन थाल्यो ।मलाई विषेशत त्यसबेला देखिनै क्रिकेट निकै मन पर्ने खेल हो ।
आज भन्दा ठिक १० वर्षअघिको कुरा हो । सन् २०१० देखि म क्रिकेटलाई पछ्याउँन थालेको छु । अहिले म उमेरले २ दशक पार गरेको छु । त्यसबेला अर्थात १० वर्षदेखि नै नेपाली क्रिकेटलाई निहाल्दै क्रिकेट गतिविधिमा हातोमालो गर्दै आएको छु ।
नाम मेरो विज्ञान कार्की , क्रिकेटलाई पछ्याउँनेहरुले मलाई क्रिकेट पर्मोटरको रुपमा चिन्ने गर्छन् ।
पोखरामा पढ्दै छु । पढाई पछि बाँकी समय अर्थात फुर्सद या खाली समयमा सामाजिक संजालसँगै अन्य विभिन्न माध्यमबाट क्रिकेट गतिविधिलाई निहाल्नुका साथै क्रिकेटको प्रचार र विकाशमा सधै हातेमालो गर्न तयार हुने मान्छे मेरो अहिले यात्रा फरक बन्न पूगेको छ ।
कारण विश्वभर संकटको रुपमा देखा परेको कोरोना भाइरस ( कोभिड -१९ ) बाट हाम्रो सुन्दर देश पनि अछुतो छैन । हरेक देशले यस माहामारीबाट छुटकारा पाउँन अनेक रोकथाम र नियन्त्रणका उपायहरु अपनाईरहेको अवस्थामा अन्य क्षेत्रसँगै खेलकुद पनि प्रभावित भएको छ । क्रिकेटसँगै अन्य कुनै पनि खेल अहिले संन्चालनमा छैन यो अवस्थामा हुँनु गराउनु पनि असम्भव र मुखर्ता समेत हुन आउँछ ।
यसबीचमा क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आईसीसी ) को सर्तसहित नेपाली क्रिकेट संघ ( क्यान )फुकुवा हुनु पुगेको छ । लामो अन्योलका बीच फेरी जुर्मुराउँन थालेको क्यानका वार्षिक योजनाहरु पनि प्रभावित हुन पुगेका छन् ।
नेपाली क्रिकेटमा नयाँ प्रतिभा जन्माउँने गतिलो माध्यम बन्न सक्ने प्रतियोगिताहरु नियाल्ने यो सिजनमा त्यसअघि आफुमा पनि छुट्टै उत्साह र उमंग थियो ।
तर अहिले हामीले सोचे अनुरुप माहोल रहेन । कोरोनाविरुद्ध अहिले संसारसँगै हाम्रो देश पनि लडिरहेको छ । देशमा लकडाउन जारी छ । जुन कदम आफैमा राम्रो हो ।
यस बीचमा आफ्नो दैनिकी पनि परिवर्तन भएको छ । लागेको बानि त्यतिकै कहाँ सजिलै छुट्छ र .. यो पनि लाग्छ कहिल्लै छुट्ने पनि छैन ।
बिहानी उठने बित्तिकै मेरो नजर क्रिकेटका गतिविधिलाई हेर्ने हुन्छ । तर केही कतै पाउँदैन यसबिचमा समाचार सुन्न नपाएपछि निराश हूदै मनमा भगवानसँग प्राथना गर्दै छिट्टै यस संकटबाट विजयी हासील गरी फेरी क्रिकेट गतिविधि निहाल्न पाईयोस भनेर प्राथना दिनहु गरिरहेको हुन्छु ।
क्रिकेटबाट टाढा भएको धेरै भएछ क्यारे न्यास्रो लाग्न थालेको छ । फेरी निराश हुँदै सामाजिक संजालमा फर्किन्छु । अनि विश्वमै महामारीको रूपमा फैलिएको कोरोना भाइरसको अपडेट जानकारी लिन्छु तर त्यस अपडेट हेर्न साथ मनमा विभिन्न प्रश्नहरु उब्जिनछन् मनलाई सान्त पार्न एकछिन पछि यु- टुभ खोलेर विभिन्न क्रिकेट सम्बधित ब्यक्तित्वहरुको अन्तर्वार्ता हेर्नुका साथै पुराना खेलहरुलाई नियाल्दै समय बिताईरहेको छु ।
जसले मलाई केही उर्जावान बनाउन्छ र क्रिकेट प्रती मेरो लगाभ झन बढेर आउँछ । साचिक्कै बाहिरी संसार र यस संकटको अनूभव धेरै फरक हुँदो रहेछ ।
यो अवस्थामा आफुलाई भुलाउँन क्रिकेटनै साथी बनेको छ । साच्चिकै क्रिकेट मेरो रगतमा बगेको रहेछ ।
अब आशा गर्द्छु चाँडैनै यस महामारीबाट सबैले छुटकारा पाउँन र माहोल चाँडैनै पहिलो जस्तो होस मेरो क्रिकेट पनि चाँडैनै फर्कियोस ।
– विज्ञान कार्की ( पोखरा ,लकडाउन डायरी )