इतिहासकै स्वर्णिम वर्ष  : २०७६

इतिहासकै स्वर्णिम वर्ष : २०७६

सलमान शाह (अनलाइन खेलखबर ) । २०७६ साल नेपाली खेलकुदका लागी निकै फलदायी वर्ष सावित हुन पुग्दा यो वर्ष इतिहासकै स्वर्णिम वर्ष हुन पुगेको छ ।

स्वर्णिम वर्ष हुनुमा नेपालको नतीजानै हो । यस वर्ष नेपालले १३ औं संस्करणको दक्षिण एसीयाली खेलकुद (साग) लाई सफलतापूर्वक आयोजना मात्र गरेन सागको इतिहासमै नतीजामा ठूलो उपलब्धीे हासील गर्ने पनि नेपाल सफल भयो ।

अझ साग आयोजना नेपाललाई फापेको नै भन्नु पर्छ । यसअघि ८ औं संस्करणको सागमा ३१ स्वर्ण जितेको नेपालले यसपटक ५१ स्वर्ण पदक ६० रजत र ९५ कास्य पदक सहित कुल २ सय ६ पदक आफ्नो नाममा लेखाउँन सफल भयो ।

र पदक सङ्ख्यामा यसपटक नेपालले पाकिस्तान र बंगलादेशलाई पछाडी पार्दै दोस्रो स्थानमा रहन सफल भयो । भने साग क्षेत्रको राजा भारत सदाझैं यसपटक पनि १ सय ७४ स्वर्ण , ९३ रजत र ४५ कास्य पदक सहित कुल ३ सय १२ पदक सहित पहिलो स्थानमै रह्यो ।

सागमा पौडीकी गौरिका सिंह एक्लैले ४ स्वर्ण जित्न सफल हुँदा कराँतेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले दोहोरो स्वर्ण पदक आफ्नो नाममा लेखाउँन सफल भए ।

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) ले प्रतियोगिता सुरु हुनुअघी नेपालले ऐतिहासीक सफलता हासील गर्ने दावासमेत गरेको थियो । र राखेपको अनुसार नेपालको नतिजा आयो ।

तर नेपालले यो स्तरको सफलता हासील गर्छ । भन्ने धेरैलाई लागेको भने थिएन । खेलकुदका जानकारहरुलाई पनी नेपालले यति पदक ल्याउँला भन्ने लागेको थिएन । प्रतीयोगितामा नेपालले सुरुवात देखी अग्रता कायम गर्दा नेपाल अझ खेलकुदमय बन्न पुगेको थियो ।

जसमा आयोजकहरुले गर्ने चलाखी नेपालले पनी गरेको थियो । प्रतियोगीताको माहोल बनाउँन नेपालले पदकको आशा धेरै गरेको खेललाई खेलतालीकामा अगाडी राखेको थियो । र नेपालले सोचे अनुरुप नतीजा पनी आउँन थालेपछी नेपाल अझ हौसीएको थियो ।

काठमाडौं उपत्यका , पोखरा र जनकपुरमा भएको सागको पहिलो पदक नेपालले करातेबाट प्राप्त गरेको थियो ।

नेपालका लागि पहिलो स्वर्ण दिलाउँने क्रममा एकल कातातर्फ मण्डेकाजी श्रेष्ठले स्वर्ण जितेका थिए । उनले पाकिस्तानका खेलाडीलाई हराउँदै स्वर्ण जितेका थिए।

त्यसपछी पनी नेपालको पदक आउँने क्रम रोकिएन । यसबीचमा नेपालले तेक्वान्दो ,जुडो र करातेमा राम्रो प्रर्दशन गर्यो । जसले नेपाललाई सर्वाधिक पदक पनि दिलाए ।

सागमय बनेको वर्ष २०७६ मा महिला भलिबलका लागी पनि सुखदनै रह्यो । वर्षभरी स्वदेशमा महिला भलिबलका प्रतियोगीता पनि प्रयाप्त भए । भने राष्ट्रिय महिला भलिबल टोलीले बंङलादेशमा भएको एसियन भलिबल फेडेरेसन (एभिसी) सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा ऐतीहासीक सफलता हासिल गर्ने क्रममा नेपालले स्वर्ण पदक जित्न सफल भयो ।

जुन यो नेपालको राष्ट्रिय खेलसमेत रहेको भलिबलको इतिहासको अहिलेसम्मको ठूलो उपल्बधी समेत हो ।

यस्तै महिला भलिबल टोलीले सागमा पनी राम्रो प्रर्दशन गरेको मान्नु पर्छ । सागमा सेमीफाइनल भन्दा माथिको यात्रा तय गर्ने नसकेको नेपालले यसपटक फाइनल सम्मको यात्रा मात्र गरेन् ।

स्वर्णबाट चुके पनि नेपालले फाइनलमा भारतलाई कडा टक्कर दिएको थियो । जुन खेल भारतले ३-२ सेटले जितेको थियो ।

यता फुटबलतर्फ वर्ष २०७६ मा नेपालले सागमा स्वर्ण पदक जित्न सफल भयो । दशरथ रंगशालामा खचाखच दर्शकहरुको उपस्थिती रहेको फाइनल खेलमा नेपालले पहिलोपटक फाइनल खेलेको भुटानलाई २-१ ले पराजित गर्दै दोस्रोपटक स्वर्ण पदक आफ्नो पक्षमा पार्न सफल भयो ।

सागको स्वर्ण पदकसँगै २०७२ सालमा गएको विनाशकारी महा भुकम्पले गर्दा जिर्ण बनेपछी नेपालको एक मात्र रंगशाला दशरथ रंगशालामा फुटबल फर्किन करिव ४ वर्षनै लाग्यो । सागको सफल आयोजना गरेको रंगशालाले लामो अन्तराल पछी घरेलु फुटबललाई स्वागत गर्यो ।

यता शहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र क्लब हुन पुग्दा नेपाली फुटबल टोलीले सन् २०२३ मा कतारमा हुँने फिफा विश्वकप र चीनमा हुने एसीयन कपको दोस्रो चरणको छ्नोट खेल अन्तर्गत ५ खेल खेल्दा नेपालले मात्र १ जित निकाल्न सफल भयो ।

पुरुष फुटबलसँगै महिला टोलीले यो वर्ष दुई अन्तर्राष्ट्रिय फाइनल खेलेपनी च्याम्पियन बन्न भने सकेन । नेपाल कीर्गिस्तानमा नादेझ्दा कपको फाइनलमा उज्वेविकस्तानसँग ३–२ ले पराजित भएको थियो भने सागमा नेपाल भारतसँग २-० ले निराश हुँन पुग्दा ईतिहास रच्नबाट चुकेको थियो ।

पछिल्लो समय नेपाली खेलकुदमा सबैभन्दा धेरै ब्यस्त रहने क्रिकेटका लागी यस वर्ष नतीजाका हिसाबले सबैभन्दा खराब वर्ष साबित हुन् पुग्यो । क्रिकेटले यस वर्ष दुई महत्वपूर्ण प्रतियोगीता गुमायो ।

पहिलो थियो आगामी टी- टवा्न्टी विश्वकप । जसमा नेपालले अन्तिम छनोट प्रतीयोगीता ग्लोबल क्वालीफायर सम्म खेल्न सकेन् । निकै निराशाजनक प्रर्दशन गरेको नेपाल विश्वकप छनोटको दोस्रो चरणबाटै बाहिरियो ।

छनोटको दोस्रो छनोट प्रतियोगीता अन्तर्गत एसिया फाइनलमा नेपालले सिंगापुरमा निकै खराब प्रर्दशन गरेपछी नेपालको दोस्रोपटक विश्वकप खेल्ने सपना अधुरोनै हुन पुग्यो ।

त्यसपछी नेपालले गुमाएको अर्को ठूलो प्रतियोगीता पाकिस्तानमा हुँने तय भएको टी- ट्वान्टी एसीया कप हो । कुल ६ टिमको सहभागीता रहने उक्त प्रतीयोगीतामा एसोसियटबाट एक टिमले खेल्ने सुनौलो मौका रहेको थियो ।

जसको छ्नोट प्रक्रियाको पहिलो प्रतियोगिता अन्तर्गत ईस्टन रिजन प्रतियोगितामा नेपालले सोचे अनुरुप प्रदर्शन गर्न सकेन र मात्र ५ टिमको सहभागिता रहेको प्रतियोगितामा नेपाल चौथो स्थानमा रहदै प्रतियोगिताको समापन गरेको थियो ।

यसबाहेक यस वर्ष नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने वर्ष भरी चर्चामा रहे । विभिन्न विदेशी लिगमा उनले राम्रो प्रर्दशनसमेत उनले गर्दा वर्ष भरी उनि छाहिरहे ।

यता महिला क्रिकेटमा पनी केही राम्रा कुराहरु देख्न पाईयो । थाईल्याण्डमा विश्वकप छ्नोट खेलेर फर्किएपछी फेरी महिला क्रिकेट अलिकति जुरमुराउँन थाल्यो । यसबीचमा महिला क्रिकेटले घरेलु दुई ठूला टि – ट्वान्टी प्रतियोगिता खेल्यो ।

जसमा प्रधानमन्त्री कप र नेपालको पहिलो महिला क्रिकेट लिग वुमेन्स च्याम्पियन्स लिग ( डब्लूसिएल ) रहेका थिए । जुन प्रतियोतीताले महिला क्रिकेटरहरुलाई ठूलो राहत गर्यो ।

यस्तै क्रिकेटमा नतिजाले निराश बनाईरहेको अवस्थामा नेपाल क्रिकेट संघ ( क्यान ) ले नयाँ कार्यसमिति पायो भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आईसीसी )बाट शर्तसहित निलम्बन फुकुवा पनि हुन पुग्यो ।

साग , भलीबल , फुटबल र क्रिकेटसँगै यस वर्ष ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहालले राम्रो प्रर्दशन गरे । जसमा उनले दुबई जुनियर ब्याडमिन्टन सिरिज २०१९ को स्वर्ण जित्दा वर्षभरी विश्व वरियतामा पनि अगाडी समेत रहे ।

यसरी वर्ष २०७६ लाई फर्केर हेर्दा नेपाली खेलकुदले धेरै कुरा प्राप्त गर्दा वर्षको अन्त्यतिर कोरोना भाइरसबाट खेलकुद क्षेत्र पनि अछुतो रहेन । अहिले पनि विश्वभर माहामारीको रुपमा देखा परिरहेको यस भाइरसबाट नेपालको चर्चित क्रिकेट प्रतियोगीता एभरेष्ट प्रीमियर लिग(ईपीएल ) सँगै अन्य खेलकुद गतिविधिलाई पनि ठूलो धक्का पुर्यायो ।

अन्तिम तयारीमा रहेको ईपीएल आयोजक कोरोनाको कारण प्रतियोगितालाई स्थगन गर्न पुग्यो । यसपटक ईपीएलमा क्रिस गेल लगायतका ठूला विदेशी खेलाडीहरु खेल्ने कुराले गर्दा बजार तातेको थियो । यस्तै वर्षको अन्त्यतिरबाट कोरोनाका कारण अहिले अरु क्षेत्रझै खेलकुदका सम्पूर्ण गतिविधि बन्द भएको छ ।

यसबीचमा खेलकुद क्षेत्रमा केही कमजोरीलाई नतिजाले ढाकँछोप गर्यो । विषेशगरी टिम खेल भन्दा ब्यक्तिगत खेलहरुले राम्रो प्रदर्शन गर्दा हाबि उनिहरुको नै रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *