onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बाबर र रोहनको शतकीय साझेदारीमा चितवनको ठूलो चुनौती

पोखरा ( अनलाइन खेलखबर ) | बाबर हायत र रोहन मुस्तफाको उत्कृष्ट ब्याटिङमा पारस खडकाको नेतृत्वमा रहेको चितवन राईनोजले लिगको आफ्नो अन्तिम खेलमा काठमाडौंलाई ठूलो लक्ष्य प्रस्तुत गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर पुरै खेल्दै मात्र ,, विकेटको क्षतिमा १ सय ६७ रन बनाएको छ ।

खेलमा पहिलो विकेटका रुपमा करन केसीलाई व्यक्तिगत १ रनमा गुमाएको चितवनले त्यसपछी बाबर र रोहनको उत्कृष्ट साझेदारीमा टिमले यो स्कोर बनाउन सफल भयो ।

दोस्रो ओभरको चौथो बलमा सुशन भारीको बलमा विकेट किपर जय किशन कोल्सावालाबाट क्याच आउट हुन पुगेका करनले १ रन बनाए ।

त्यसपछी चितवनको ब्याटिङलाई बाबर र रोहनले डोराएका थिए । जसअन्तर्गत यी दुईबीच दोस्रो विकेटका लागि १ सय १९ रनको साझेदारी हुन पुगेको थियो ।

१५.२ ओभरमा दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका बाबरले ७० रनको योगदान गरे । बसन्त रेग्मीको बलमा आउट हुन पुगेका बाबरले ७० रन बनाउँने क्रममा ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गर्न सफल भएका थिए ।

बाबर पछी मोहम्मद आरिफ शेख अमर सिँह रौटेलाको बलमा क्याच आउट हुन पुगे । उनले टिमका लागि १५ रनको योगदान गर्न भने सफल भए ।

यस्तै अविजित रहेका रोहनले ५९ रन बनाउँदा सनीपटेल पनि १५ रनमा अविजित रहे ।

अब चितवनले प्रस्तुत गरेको १ सय ६८ रनको विजयी चुनौतीलाई पछ्याउँदै काठमाडौले अवको केहि समयपछी जवाफी ब्याटिङ गर्नेछ ।

यता आजको यो निकै महत्वपूर्ण खेल दुवै टिमका लागि उत्तिकै महत्वपूर्ण रहेको छ ।
हालसम्म चितवन ४ खेलबाट ८ अंकका साथ अंकतालिकाको पहिलो स्थानमा रहदा काठमाडौं भने ४ खेलबाट २ मा जित र समान २ खेलमा हार ब्योहोर्दै ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
यस्तोमा प्ले अफमा स्थान बनाउन यो खेल काठमाडौंलाई जित्ने पर्ने हुन्छ यदि पराजित भएको खण्डमामा प्ले अफ पुग्न काठमाडौं विराटनगर र बुटबलको खेलमा भर पर्नुपर्नेछ ।

तर नतिजा चितवनले आफ्नो पक्षमा पार्न सफल भयो चितवन प्रतियोगिताको फाइनल पुग्ने पहिलो टिम बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्