onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लिभरपुलले उचाल्यो पहिलो पटक क्लब विश्वकपको उपाधि

एजेन्सी – ईङलिस क्लब लिभरपुलले क्लब ईतिहासमै पहिलो पटक क्लब विश्वकपको उपाधि उचालेको छ ।

गएराती कतारको राजधानी दोहास्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको फाइनल खेलमा ब्राजिली क्लब फ्लामेन्गोलाई १–० गोल अन्तरले गर्दै लिभरपुल क्लब विश्वकप च्याम्पियन बनेको हो ।

निकै प्रतिष्पर्दात्मक बनेको फाइनल खेलमा निर्धारीत समयमा दुबै टिमले गोल निकाल्न नसक्दा खेल अतिरिक्त समयमा गएको थियो ।

जसअन्तर्गत अतिरिक्त समयमा लिभरपुलका रोबर्टो फिर्मिन्होले ९९ औं मिनेटमा गोल गरेपछी लिभरपुललाई उपाधि उचाल्न प्रयाप्त बन्यो ।

प्रतिक्रिया दिनुहोस्