onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मछिन्द्र र च्यासलको खेल बराबरीमा सकिदा अर्को खेलमा बिबिसी विजयी

काठमाडौं ( अनलाइन खेलखबर ) । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लब र च्यासल युथ क्लब बीचको खेल बराबरीमा सकिएको छ ।

शुक्रबार ललितपुरको एन्फा कम्प्लेक्समा भएको खेल १–१ को बराबरीमा सकिएको हो ।

खेलमा च्यासलले सुरुवाती अग्रता बनाएको थियो । च्यासललाई अग्रता दिलाउने क्रममा टिमका कप्तान सन्तोष साहुखलले २८ औं मिनेटमा गोल गरेका थिए ।

पहिलो हाफदेखिनै १-० को अग्रता बनाईरहेको च्यासल अन्त्य तिर भने सम्हालिन सकेन र खेलको अन्तिम क्षणमा गोल खान पुग्यो ।

मछिन्द्रलाई खेलमा बराबरीमा ल्याउन देवेन्द्र तामाङले गोल गरेका थिए र योसँगै च्यासलले मछिन्द्रसँग अंक बाँड्न बाध्य भएको हो ।

यस्तै शुक्रबारनै दशरथ रंगशालामा भएको अर्को खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले फ्रेन्ड्स क्लबमाथि २-० ले जित हासिल गरेको छ । टिमलाई जिताउन ८७औं मिनेटमा जय गुरुङ र खेलको ईन्जुरी समयमा रोशन रानामगर गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्