चितवनको अर्को ठुलो पारी : धनगढीसामू १८२ रनको विजयी लक्ष्य प्रस्तुत

चितवनको अर्को ठुलो पारी : धनगढीसामू १८२ रनको विजयी लक्ष्य प्रस्तुत

पोखरा ( अनलाइन खेलखबर ) | पारस खडकाको कप्तानीमा रहेको चितवन राईनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) को आफ्नो तेस्रो खेलमा दिपेन्द्र सिँह एरीको धनगढी ब्लुजलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

पोखरा रंगशाला क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको छ ।

चितवनका लागि मोहम्मद आरिफ शेखले सर्वाधिक ४७ रनको योगदान गरे । अविजित रहेका आरिफले अन्त्यतिर टिमको पारीलाई उकास्ने क्रममा धुवाँधार ब्याटिङ गर्दै ४७ रन बनाए । मात्र २० बलको सामना गरेका उनले २ चौका र ४ छक्का प्रहार गरे ।

र अन्त्यमा आरिफलाई साथ दिएका भारतीय खेलाडी शनि पटेलले पनि राम्रो ब्याटिङ गर्ने क्रममा ३२ रन बनाए । अविजित रहेका उनले पनि १७ बलको सामना गर्दै १ चौका र ३ छक्कामा उक्त रन बनाए ।

त्यसअघि ४.३ ओभरमा टिमको स्कोर २९ रन हुँदा पहिलो विकेटका रुपमा टिमले रोहन मुस्तफालाई व्यक्तिगत ९ रनमा गुमाएको थियो । रोहन आउट भएपछी अर्का ओपनर ब्याट्सम्यान तथा टिमका कप्तान पारस खडकाले २३ रनको योगदान गरेका थिए भने बाबर हायतले ३६ रनको पारी खेलेका थिए ।

बलिङतर्फ धनगढीका कप्तान दिपेन्द्र सिह एरि र अनिल खरेलले समान २/२ विकेट हात पारे । भने अमित यादवको नाममा पनि एक विकेट रह्यो ।

अब चितवनले दिएको १ सय ८२ रनको विजयी चुनौतीलाई पछ्याउदै धनगढीले अबको केहि समयपछी जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *