onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

करौडौं मूल्यका साथ मैक्सवेल पुन : पञ्जाव फर्किए

एजेन्सी – अष्ट्रेलियाका चर्चित अलराउण्डर ग्लेन मैक्सवेल किग्स ईलाभेन पञ्जावमा करौडौं मूल्यका साथ अनुबन्धित हुन पुगेका छन ।

१३ औं संस्करणको ईन्डियन प्रिमियर लिग ( आईपीएल ) का लागि उनलाई आफ्नो पुरानो क्लब पञ्जावले पुन टिममा भित्राएको छ ।

बिहिबार कोलकतामा भएको अक्सनमार्फत उनलाई पञ्जावले १० करोड ७५ लाखमा भारतीय रुपीएमा टिममा अनुबन्धित गरेको हो ।

सन् २०१४ देखि २०१७ सम्मको संस्करणमा पञ्जावबाट खेलेका मैक्सवेल पञ्जावबाट सन् २०१८ को आईपीएलका लागि दिल्ली पुगेका मैक्सवेल लाई दिल्लीले फुकुवा गरेपछि फेरी मैक्सवेल अहिले आफ्नो पुरानो टिम पञ्जावपुगेका छन ।

आईपीएलमा आफ्नो छुटै छाप छोड्न सफल मैक्सवेलले अहिले सम्म आईपीएलमा ६९ खेलमा ६८ खेल खेल्दै १३९७ रन बनाईसकेका छन । जसमा ६ अर्धशतक समेत रहेको छ । बलिङतर्फ भने उनले १४ विकेट लिन सफल भईसकेका छन ।

यसबीचमा ग्लेन मैक्सवेलले मानसीक समंस्या भएको भन्दै राष्ट्रिय टिमबाट केहि समय विश्राम लिएपछी अहिले भने उनि पुन क्रिकेटमा फर्किएका छन ।

प्रतिक्रिया दिनुहोस्