onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

३३२ खेलाडीको भाग्य निर्धारण गर्ने दिन

एजेन्सी – विश्व क्रिकेटको सबैभन्दा ठुलो क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपिएल ) को १३ औं संस्करणको खेलाडी छनोट प्रकिया अन्तर्गतको अक्सन आज हुँदैछ ।

नेपाली समय अनुसार दिउँसो पौने ३ बजेपछि कोलकतामा हुने अक्सनमा ३ सय ३२ खेलाडीको भाग्य निर्धारण हुनेछ । जसमा ८६ जना भारतीय र बाकी १४६ बिदेशी खेलाडीहरु रहेका छन ।

यसपटक आईपीएलका लागि कुल ९७१ जनाले आफ्नो नाम दर्ता गरेका थिए जसबाट ३३२ जनालाई मात्र अन्तिम अक्सनका लागि चुनिएको छ ।

३३२ जनाबाट यसपटक ७३ जनामात्र खेलाडी छनोट हुन् सक्नेछन । जसमा २९ जना मात्र विदेशी खेलाडी रहदा ४४ जना भारतीय खेलाडी छनोट हुन सक्नेछन ।

प्रतियोगितामा सहभागी ८ टिमले यसपटक नयाँ सोच र नयाँ शैलीमा टिम तयार गर्ने तयारी गरिरहेका छन । यसबीचमा टिमले केहिलाई रिलिज र केहिलाई रिटेंन गरेको हुँदा रिलिज गरेको ठाउँमा नयाँ खेलाडीको आगमन हुनेछ ।

जसले गर्दा अनुभवी खेलाडीका साथमा केहि युवा खेलाडीले ठुलो मुल्यका साथ टिममा अनुबन्धित गर्न सक्ने आधारहरु धेरै रहेको संकेत मिलेको छ ।

जसमा विदेशी खेलाडीको हकमा अष्टेलियाका ग्लेन मैक्सवेल , क्रिस लिन ईङल्याण्डका जेसन रोय , सैम करेन दक्षिण अफ्रिकाका डेविट मिलर र वेस्ट ईन्दिजका शिमरॉन हेटमायर र शेल्डन कॉटरेललाई ठुलो बोली लाग्ने उच्च सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्