onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बार्सा र रियल मड्रिडबीचको खेल बराबरीमा

एजेन्सी – स्पेनिस लिग ला -लिगामा बार्सिलोना र रियल मड्रिडबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

गएराती बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा दुवै टिमले केहि राम्रो अवसर प्राप्त गरेको भएपनि गोलमा परिणत गर्न सकेनन र खेल अन्तत बराबरीमा सकिएको छ ।

यो बराबरीसँगै साविकको विजेता बार्सिलोना लिगको अंक तालिकामा शीर्ष स्थानमा यथावतनै रहेको छ । जसलाई रियल मड्रिडले पछ्याईरहेको छ ।

अहिलेसम्म अंकतालिकामा बार्सिलोना १७ खेलबाट ११ खेलमा जित , ३ मा बराबरी र ३ खेलमा पराजित हुँदै ३६ अंकका साथ पहिलो स्थानमा सुरक्षित रहेको छ ।

भने रियल पनि समान १७ खेलबाट १० खेलमा जित , ६ बराबरी र १ खेलमा पराजित हुँदै ३६ अंकका साथ दोस्रो स्थानमा रहेको छ | रियल बार्सासँग गोल अन्तरले पछी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्