onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बिश्वकप मा ब्राजिलको प्रदंशन : हाल का सम्भावना र चुनौती ( एक बिश्लेषण )

सलमान शाह , अनलाईन खेलखबर || आगामी जुन १४ तारिख देखि रसिया मा हुने फुटबल को महामेला फिफा बिश्वकप का लागि अहिले सम्पुर्ण फुटबल प्रेमीको नजर स्वाभाविक रुपमा रसिया तर्फ मोडिएको छ । अहिले बिश्वभर बिश्वकपमय माहोल बनिरहेको छ । ३२ टिम ले मात्र सहभागिता जनाउने भएपनि फुटबल बिश्वकप लाई बिश्वले नजिक बाट निहाल्ने गर्छ्न , संसार कै सबैभन्दा लोकप्रिय खेल फुटबल त्यसमाथि सबैभन्दा ठुलो प्रतियोगिता बिश्वकप त्यही भएर होला फुटबल प्रेमी लाई अरु के चाहियो यो भन्दा हो अहिले संसार बिश्वकप मा झुम्न थालिसकेका छ्न । फुटबल का पारखी हरु जो सबै उमेर समुह का किन नहोस अहिले आफुलाई मनपर्ने टिमलाई समर्थन गर्न लागि परेका छ्न । समर्थक गरेको टिमको चर्चा – परिचर्चा विश्लेषण गर्न सुरु गरिसकेका छ्न ।

यसै सन्दर्भ मा फिफा बिश्वकप को सबैभन्दा सफल जसले ५ पटक उपाधी उचालीसकेको छ । जुन टोलि को ब्राजिल , ब्राजिल रसिया बिश्वकप को समेत एक दाबेदार टिम मध्यको एक टिम हो । हाल सम्म भएका सम्पुर्ण बिश्वकप मा सहभागिता जनाउने एकमात्र देश ब्राजिल ले आफै मा लामो ईतिहास बोकेको टिम हो । यस अर्थमा पनि ब्राजिल ले आफू लाई उपाधी को दाबेदार कै रुपमा प्रस्तुत गर्छ । सन १९५८ , १९६२ , १९७० , १९९४ र २००२ मा बिश्वकप जिति सकेको ब्राजिल ले यसपछि भने चुक्दै आएको छ । सन २००६ र २०१० को बिश्वकप मा क्वाटरफाइनल बाटै घर फर्किएको ब्राजिल ले सन २०१४ मा ब्राजिल मै भएको बिश्वकप मा सेमिफाइनल सम्म को यात्रा तय गरेको थियो । र सन २००२ पछि ब्राजिल ले घरेलु मैदान मै उपाधी उचाल्ने धेरैले अनुमान समेत गरेका थिए तर त्यस्तो हुन सकेन फलस्वरूप सेमिफाइनल मा जर्मनी सगँ ७-१ ले पराजित हुन पुगेको थियो जहाँ केहि ले भन्ने गर्छन ब्राजिलियन स्टार खेलाडी नेयमार को उपस्थिति नहुनु नै त्यो खेल को एउटा महत्त्व राख्ने र यदि नेयमार खेल्थे भने खेल अर्कै मोडमा मोडिन पनि सक्थ्यो भन्ने धारणा केहि ले राख्छ्न ।

फुटबल हो , फुटबल मा जे पनि हुन सक्छ , अनुमान गरिएका र अनुमान बिपरित अनगिन्ती बाक्यहरु हुने गर्छ्न , बिगत् मा पनि सानो सानो कुराले पनि ठूलो महत्त्व राखेको हामी ले देख्दै आएकै छौ । त्यो हुन्छ फुटबल मा नेयमार ले क्वाटरफाइनल कोलम्बिया सगँ खेलमा ढाडमा चोट लागेर सेमिफाइनल गुमाउन पुगेका थिए । सेमिफाइनल मा उनको अनुपस्थि ले कस्तो प्रभाव पार्दो रहेछ पुरै टिम लाई त्यो प्रस्टै देख्न सकिन्थ्यो ।

भन्ने नै हो भने फुटबल मा ब्राजिल वादशाह नै हो । ईतिहास हेर्ने हो भने यति सफल टिम हाल सम्म कुनै अरु छैनन । ब्राजिलको बिश्वकप को २१ औं संस्करण सम्म आईपुग्दा सबैमा उपस्थिति जनाएको छ जुन ब्राजिल मात्र हाल रहेको छ । ५ पटक उपाधी समेत उचालेको टिम हो ब्राजिल बिगत देखि बर्तमान सम्म पनि ब्राजिलको आफ्नो लय यथावत नै छ जुन आफै मा एक मिशाल हो । यतिमात्र कहाँ होर फुटबल महान खेलाडी पेले देखि नेयमार सम्म आईपुग्दा फुटबल हस्ती को रास्ट पनि हो ब्राजिल अर्को कुरा ब्राजिल ९ पटक समूह चरण बाटै बाहिरियो भएपनि बाकी का बिश्वकप मा ५ पटक बिजेता , २ पटक उपबिजेता , २ पटक तेस्रो र २ पटक नै चौथो भएको छ ।

लामो समय देखि एकछ्त्र फुटबल मा राज गर्दै आएको ब्राजिलको यति ठूलो सफल हुनु मा सबैभन्दा ठूलो कुरा उसको खेलाडी ब्यबस्थापन नै हो । अर्को रोचक कुरा ब्राजिल टोलि मा समय फेरियो , माहोल फेरियो तर ब्राजिल टिमको स्तर आज पनि जस्ताको तस्तै अझ भन्ने हो भने शशक्त हुनुमा खेलाडी ब्यबस्थापन को सहि नमुना का साथसाथै यस्तो माहोल आईरहन्छ कि बेला बखत यस्ता खेलाडी टिम मा आउँछ्न कि जसले बिश्वकप दिलाउन टिम लाई ब्यक्तिगत रुपमा पनि ठूलो योगदान गर्दै आएका हुन्छ्न । जुन अहिले को परिपेक्क्ष मा नेयमार लाई हेरिने गरिन्छ जुन यस भनाई लाई अझ प्रमाणित गर्न मा उनी लागीपरेका पनि छ्न र सफल हुँदै पनि छ्न ।

अब केन्दित रसिया बिश्वकप तर्फ हुदाँ यसपटक ब्राजिल उपाधी उचाल्ने रणनीति का साथ अघि बढेको देखिन्छ करिब १६ बर्ष पछि छ्ठौ उपाधि उचाल्न चाहन्छ । बिशेष गरि युवा खेलाडी लाई टिमले बिश्वास गर्दै अगाडि बढको प्रस्टै छ । यता समूह मा पनि ब्राजिल का लागि केही हदमा सजिलो पनि छ । ब्राजिल समूह ” ई ” मा छ जसमा ब्राजिल सगैं स्विजरल्यान्ड , कोस्टारिका र सर्बिया रहेका छ्न । पहिलो खेल ब्राजिल ले जुन १७ मा स्वजरल्यान्ड सगँ खेल्दै रसिया बिश्वकप को सुरुवात गर्ने छ ।

समूह चरण मा अरुको तुलना मा ब्राजिल का लागि केही हद सम्म सजिलो पक्कै देखिएको छ ।बिश्वास पनि गरिएको छ ब्राजिल यी टिम विरुद्ध हाबी पक्कै हुनेछ । सजिलो प्रतिद्वन्द्वी पाएको भएपनि ब्राजिल ले सहि रनणिति का साथ आफुलाई प्रस्तुत गर्न जरुरी छ , सोही अनुरुप सोहि रणनीति मा टिमलाई लैजानु पर्ने छ । प्रतिद्वन्दी ब्राजिल को तुलनामा केहि कमजोर देखिए पनि यो ढुक्क भई हाल्ने अबस्था भने छैन मुख्य कुरा ब्राजिल ले बिश्वास गरेर उतारेको युवा खेलाडी ले सुरुवात अबस्थामा कस्तो प्रदंशन गर्लान त्यो हेर्न बाकी छ । अर्को खुशीको कुरा ब्राजिल समर्थक हरु का लागि यो पनि छ कि नेयमार खुट्टा को सल्यक्रिया गरि केही समयपछि टिम मा फर्किएका छ्न ।

व्यावसायिक रुपमा हाल उनी स्पेनिस क्लब बार्सिलोना फुटबल क्लबबाट विश्व किर्तिमानी रकममा फ्रान्सेली क्लब पियसजीमा आबद्ध भएका छन्।र पियसजीमा खेल्दै छन् । उनि फुटबल खेल मैदानमा फरवार्ड, बिंगरबाट खेल्ने गर्छन । उनि ब्राजिल का लागि निकै महत्त्व राख्ने एकखेलाडि हुन । उनलाई ब्राजिल का महान खेलाडी पेले सगँ पनि तुलना सम्म गरिन्छ त्यो किन त्यो हो उनको प्रदशन , योगदान नै हो ।

सन २०१४ मा ब्राजिलमा आयोजित विश्वकपमा नेयमारले उत्कृष्ट प्रदर्शन गर्ने आशा राखिएको थियो। उनले आफुले खेलका ५ खेलमा ४ गोल र १ असिस्ट प्रदान गरे तर कोलम्बियासँगको खेलमा ढाडमा चोट बोकेपछि उनले बाँकी खेल खेल्न सकेनन्। नेयमारबिनाको ब्राजिलले सेमिफाइनलमा घरेलु मैदानमा जर्मनीसँग ७-१को पराजय व्येहोर्यो।

यस्तै सन् २०१६मा रियो ओलम्पिकको फुटबलमा ब्राजिलले स्वर्ण पदक जितेको थियो। फुटबल जगतमा ब्राजिलले जित्न बाँकि रहेको एकमात्र पदकका रुपमा लिइएको यस उपाधि जिताउन नेयमारले उल्लेख्य भूमिका खेले। २०१४ को विश्वकपमा लज्जास्पद पराजय भोगेको जर्मनीलाई फाइनलमा पराजित गर्दै ब्राजिलले स्वर्ण पदक जित्यो
साथै उनी यो स्वर्ण विजेता टिमका कप्तान समेत रहेका थिए।

यस्तै अर्का खेलाडी हुन जसले ब्राजिलको दाबेदार लाई अझ बलियो बनाउन आफ्नो पक्ष बाट योगदान दिन सक्छ्न मार्सेलो : मार्सेलो विश्वकै उत्कृष्ट डिफेन्डरका रुपमा गनिन्छ्न । अहिले उनी निकै लय मा पनि देखिएका छ्न र यो लय रसिया बिश्वकप मा पनि देखिने पक्का छ । ब्राजिल का मुख्य खेलाडी को नाम लिदाँ मार्सेलो को पनि नाम आउँछ । रोर्वोटो कार्लाेसको उमनामले परिचित हुन् मार्सेलो ।

उनी ७० प्रतिशत भन्दा बढी समय सेन्टर लाइन भन्दा माथिनै बसेर फुटबल खेल्ने गर्दछ । मार्सेलो पनि ब्राजिललाई विश्वकप जिताउने नायक बन्ने सम्भावना निकै रहेको छ ।

भने अर्का स्पेनिस क्लब बार्सिलोना बाट सफल व्यवसायीक फुटबल खेल्दै आएका कोन्टिनोले पनि ब्राजिलका लागि एक विशेष खेलाडी हुन , उनी एकदमै राम्रो लय मा नि देखिन्छ्न जसको निरन्तरता रसिया विश्वकप मा दिन चाह्न्छ्न ।

साथै थियागो सिल्भा:बिश्वकै एक उत्कृष्ट डिफेन्डर का रुपमा कहलिएका सिल्भा ब्राजिलको मात्र नभएर विश्वकै उत्कृष्ट डिफेन्डर हुन् । उनी रुस विश्वकपमा क्याप्टेन को भुमिका मा समेत रहने सम्भावना प्रबल रहेको छ ।

साथै अर्का ईटालियन कल्ब रोमा बाट ब्याबसायिक फुटबल खेल्दै आएका बेकर ब्राजिल का पहिलो रोजाई का गोलकिपर हुन
बेकरले रुस विश्वकपमा ब्राजिलका लागि निकै उत्कृष्ट प्रदर्शन गर्न सक्ने अनुमान गरिएको छ ।

यस्तै फुल ब्याक मा डानिलो (म्यानचेस्टर सिटी), फिलिप लुइस (एट्लेटिको म्याड्रिड), फाग्नेर (कोरिनथिएन्स) रहेका छ्न भने
सेन्टर ब्याक बाट मार्क्यूनोस (पिएसजी), मिरान्डा (इन्टर मिलान), पेड्रो जेरोमेल, (ग्रिमियो) जस्ता खेलाडी रहेका छ्न यस्तै ब्राजिलको मिडफिल्डर – विलियम (चेल्सी), फर्डिनान्डो (म्यानचेस्टर सिटी), पाउलिन्हो (बार्सिलोना), कासेमिरो (रियल म्याड्रिड), काउटिन्हो (बार्सिलोना), रेनाटो अगुस्टो (बेइजिङ गुअन), फ्रेड (शख्तर) ले सम्माले छ्न जुन आफै मा उत्कृष्ट देखिन्छ । यस्तै ब्राजिल को सदैभ बलियो मानिदै आएको मा फरवार्ड
नेइमार (पिएसजी) का साथ सगै गाब्रियल जेसस (म्यानचेस्टर सिटी), रोबर्टो फिर्मिनो (लिभरपुल), डाउलास कोस्ट (युभेन्टस), टाइसन (शख्तर) ले सम्हाने छ्न । यसरी टिम बलियो देखिएको छ ।

यसरी युवा टोलि लिएर बिश्वकप खेल्दै गरेको ब्राजिल ले यसपटक यसअघि का गल्ती बाट पाठ सिक्दै त्यसमा सुधार गर्दै यसपटक आफूलाई बिश्व च्याम्पियन बनाउने प्रबल सम्भावना देखिन्छ सम्भावना माथी थपिने चुनौती लाई नियाल्दा टिम मा युवा खेलाडी को बाहुल्यता हुदाँ उनिहरुको प्रदंशन कस्तो रहने छ त्यो हेर्न बाकी छ । भनिन्छ नि चुनौती लाई पार गरेर नै सफल भईन्छ । अर्को चुनौती भनेको ब्राजिल को सदैभ एक खेलाडी माथी धेनै निर्भर रहेर खेल्छ त्यसमा सुधार ल्याउन जरुरी पनि छ , जसको ज्वलन्त उदाहरण पछिल्लो बिश्वकप मा नेयमार माथी जसको अनुपस्थित मा जर्मनी सगँ ठूलो अन्तर ले हार ब्यहोरेको थियो । यी यस्ता साना – साना कुरामा ध्यान दियो भने ब्राजिल ले यसपटक उपाधि उचाल्ने छ ।यता टोलि लाई नेयमार को साथ , उच्छ ब्यबस्थापक , उच्छ मनोबल यसपटक को ब्राजिल टोलि लाई छ । यसकारण पनि रसिया बिश्वकप ब्राजिलका लागि अर्को ईतिहास बनाउने ठूलो अबसर पनि छ ।

प्रतिक्रिया दिनुहोस्