पोखराले दियो चितवनलाई सामान्य चुनौती

पोखराले दियो चितवनलाई सामान्य चुनौती

पोखरा ( अनलाइन खेलखबर ) | कप्तान शरद भेषवाकरले सम्हालिएको पारी खेलेपछि पोखरा पल्टनले पोखरा प्रिमियर लिग ( पीपीएल ) मा चितवन राईनोजसामू सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

पोखरा रंगशाला क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभर पुरै खेल्दै अलआउट हुदै १ सय ७ रन बनाएको छ ।

टिमलाई शरद भेषवाकरले सर्वाधिक ४५ रनको योगदान गरे । ३९ बलको सामना गरेका उनले ३ चौका र ३ नै छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

यस्तै टिमका लागि कुशल मल्लले १३ रन तथा रवि ईन्दर सिह र रासीद खानले समान १०/१० रन बनाएका थिए ।

बलिङतर्फ चितवनका सनी पटेल , रोहन मुस्तफा र भुवन कार्कीले समान २/२ विकेट हात पारे भने बिक्रम शोब , करन केसी र कप्तान पारस खडकाले पनि १/१ विकेट लिन सफल भएका थिए ।

अब पोखराले दिएको १सय ८ रनको विजयी चुनौतीलाई पछ्याउदै चितवनले अबको केहि समयपछी जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *