onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पीपीएलमा धनगढीको विजयी सुरुवात

पोखरा ( अनलाइन खेलखबर ) | धनगढी ब्लुजले पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) मा विजयी सुरुवात गरेको छ ।

सोमबार भएको दिनको पहिलो खेलमा धनगढीले विराटनगर टाईटन्सलाई ५ रनले पराजित गर्दै प्रतियोगितामा धनगढीले शुखद सुरुवात गरेको छ ।

रोमान्चक बनेको खेलमा धनगढीले दिएको १ सय १८ रनको विजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिङ विराटनगरले २० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर १ सय १२ रनमा सिमित भएपछी खेल धनगढीले आफ्नो पक्षमा पार्न सफल भयो ।

विराटनगरका लागि राजु रिजालले २५ तथा सुनिल धमलाले १८ तथा पुनित मेहराले १५ रन बनाएका थिए ।

बलिङतर्फ धनगढीका कप्तान दिपेन्द्र सिह एरिले ३ तथा सागर ढकालले २ विकेट हात पार्दा कमल सिह एरि र अमित यादवले समान १/१ विकेट लिनसफल भएका थिए ।

त्यसअघि पोखरा रंगशाला क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभर पुरै खेल्दै ८ विकेट गुमाएर १ सय १७ रनको योगफल खडा गरेको थियो ।

धनगढीका लागि कमल सिह एरिले सर्वाधिक २६ रनको योगदान गरे भने श्रीमंथा विजयरत्नेले २५ तथा रोड्रिगो थोमस १६ र सौरभ खनालले १२ रन बनाउनु बाहेक अन्य खेलाडीबाट निराशाजनक प्रदर्शन गरेपछि टिम पहिलो खेलमै कम स्कोरमा समिटिएको थियो ।

बलिङतर्फ विराटनगरका शाहव आलमले ३ तथा नोमन खानले २ र पुनित मेहरा , किशोर महतो र मोहम्मद जैद आलमले समान १/१ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्