onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बिबिसीबाट बेन स्टोक्स सम्मानित : ईङल्याण्ड क्रिकेट वर्षको उत्कृष्ट टिम घोषित

एजेन्सी – विश्वको सबैभन्दा प्रतिष्ठित संचारमाध्यम बिबिसीले ईङल्याण्डका युवा क्रिकेट खेलाडी बेन स्टोक्सलाई स्पोर्ट्स पर्सनालिटी अफ द ईयर घोषित गरेको छ ।

हरेक वर्ष बिबिसी स्पोर्ट्सले खेल क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडी तथा अफिसियललाई सम्मान गर्दै आएको छ । जसमा क्रिकेटका बेन स्टोक्स यसपटक सफल हुन पुगेका छन ।

उनले हालै सम्पन्न एकदिवसीय विश्वकपमा ईङल्याण्ड पहिलो पटक च्याम्पियन बन्ने क्रममा अलराउण्डर प्रदर्शन गर्दै टिमका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

अझ उनको फाइनल खेलमा अदभुत प्रदर्शन रहेको थियो । फाइनल खेलमा उनको चमत्कारी खेलको मद्दतमा क्रिकेटको जन्मदाता समेत रहेको ईङल्याण्डले पहिलो पटक विश्वकपको उपाधि आत्मसाथ गरेको थियो ।

यस्तै वर्षको उत्कृष्ट टिम पनि ईङल्याण्ड क्रिकेट टिम चुनिएको छ ।

बिबिसीबाट सम्मानित भएपछी बेन स्टोक्सले सम्मानित हुन पाउदा निकै खुशी लागेको र त्यसका लागि धन्यवाद दिन चाहन्छु यो व्यक्तिगत पुरस्कार भएता पनि टिमको सहयोगले नै त्यो क्षण सम्भव भएको हो उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्