भारतमाथि वेस्ट ईण्डिजको ठुलो जित

भारतमाथि वेस्ट ईण्डिजको ठुलो जित

एजेन्सी – वेस्ट ईण्डिजले ३ एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली भारतलाई ८ विकेटले पराजित गरेको छ ।

आईतबार भएको खेलमा भारतले दिएको २ सय ८८ रनको विजयी चुनौतीलाई वेस्ट ईण्डिजले ४७.५ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो ।

वेस्ट ईण्डिजलाई जित दिलाउँन शिमरोन हेटिमर र साई होपले शतकिय पारी खेले । यस्तै निकोलस पूरन पनि २९ रनमा अविजित रहे ।

साई होपले अविजित रह्दै १०२ रनको योगदान गर्दा शिमरोनले १३९ रन बनाए । जुन पारी टिमलाई जिताउँन प्रयाप्त बन्यो ।

बलिङतर्फ भारततर्फ मोहम्मद शामी र दिपक चाहरले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि चेन्निइमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभर पुरै खेल्दै ८ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो ।

भारतले सम्मानजनक स्कोरतर्फ पुर्याउन श्रेयस अय्यर र रिषभ पन्तले सर्वाधिक ठुलो योगदान गरे ।

श्रेयस अय्यरले ७० तथा रिषभ पन्तले ७१ रनको पारी खेलेका थिए ।

खराब सुरुवात गरेको भारतको पारीलाई सम्हाल्न यि दुई ब्याट्सम्यानबीच चौथो विकेटका लागी १ सय १० रनको साझेदारी भएपछी भारतले राहत महशुस गरेको थियो ।

त्यसअघि ओपनर ब्याट्सम्यान लोकेश राहुल पहिलो विकेटका लागी ६ रन बनाएर आउट हुन पुगेका थिए ।

लोकेश आउट भएपछी कप्तान विराट कोहलीलाई पनि टिमले सस्तैमा गुमाएपछी टिम थप दवाबमा आएको थियो । उनले मात्र ४ रन जोडे ।

सुरुवाती अवस्थामा टिमको स्कोर २५ रन हुँदा २ महत्वपूर्ण विकेट गुमाएपछी भारतका लागी ओपनर ब्याट्सम्यान तथा भरपर्दा ब्याट्सम्यान रोहित शर्मा र श्रेयस अय्यरले पारीलाई अगाडी बढाएका भएपनी रोहित १८.१ ओभरमा टिमको स्कोर ८० रन हुँदा ब्यक्तिगत ३६ रनमा आउट हुन पुगेका थिए ।

यस्तै अन्त्यतिर केदार ज्यादवले ४० रन र रविन्द्र जडेजाले २१ रन जोडेका थिए ।

बलिङतर्फ वेस्ट ईन्डिजका शेल्डन कॉटरेल कीमो पॉल र अल्जाररी जोसेफले समान २/२ विकेट लिए भने पोलान्डले १ विकेट हात पारे ।

अब सिरिज अन्तर्गत दोस्रो खेल बुधबार बिशाकापटनममा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *