onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कुशलको कुशल पारीमा पोखराको सानदार जित

पोखरा ( अनलाइन खेलखबर ) | कुशल भुर्तेलको उत्कृष्ट ब्याटिङमा साविकको विजेता समेत रहेको पोखरा पल्टनले आईतबारबाट सुरु भएको पोखरा प्रिमियर लिग ( पीपीएल ) मा सानदार सुरुवात गरेको छ ।

प्रतियोगितामा शानदार सुरुवात गर्ने क्रममा पोखराले काठमाडौं गोल्डेन्स वारियर्सलाई ९ विकेटले जित हासिल गरेको ।

खेलमा काठमाडौंले दिएको १ सय १६ रनको विजयी चुनौतीलाई पोखराले १४.१ ओभरमा मात्र १ विकेट गुमाएर भेटाएको थियो ।

पोखरालाई प्रतियोगितामा सुखद सुरुवात दिलाउने क्रममा ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले शानदार ब्याटिङ गर्दै टिमलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।

४३ बलको सामना गरेका उनले ४ चौका र ५ छक्काको मद्दतमा अविजित रहदै ६५ रनको योगदान गरे । यस्तै टिमका लागि भारतीय खेलाडी रवीईन्दर सींहले पनि अविजित रहदै ३८ रनको योगदान गरेपछि टिमलाई पहिलो खेलमा जित हासिल गर्ने पर्याप्त बन्यो ।

यस्तै टिमका लागि मोहम्मद आरिफ शेखले १४ रन बनाएका थिए । ४.२ ओभरमा पहिलो विकेटका रुपमा सुशन भारीको बलमा एलबिडब्लुको सिकार भएका आरिफले १ चौका भने प्रहार गरेका थिए ।

त्यसअघि पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो ।

सुरुवाती अवस्थादेखिनै खराव ब्याटिङ गरेको काठमाडौंको पारीलाई सुबोध भाटीले सम्हाल्दै सम्मानजनक स्कोरतर्फ पुर्याएका थिए । यी वाहेक अन्य खेलाडीले पहिलो खेलमै निकै निराशाजनक प्रदर्शन गरे ।

सुबोधले भने २९ बलको सामना गर्दै ४ चौका र ४ छक्काको मद्दतमा ४५ रनको योगदान गरे ।

काठमाडौंको ब्याटिङ ध्वस्त पार्ने क्रममा पोखराका बलर राशिद खान , ललित राजबम्शी र कुशल मल्लले समान २/२ विकेट हात पारे । भने प्रथमेष र सर्वजितले पनि समान १/१ विकेट लिएका थिए ।

अब प्रतियोगिताको दोस्रो दिन सोमबार दुई खेल हुनेछ । जसमा पहिलो खेलमा धनगढी ब्लुज र बिराटनगर टाईटन्स भिड्ने छन भने दिनको दोस्रो खेलमा काठमाडौं ले बुटवल ब्लास्टर्सको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्