१३औं साग ऐतिहासिक भएको ठहर : उत्कृष्ट आयोजना भएको नेपालको दाबी

१३औं साग ऐतिहासिक भएको ठहर : उत्कृष्ट आयोजना भएको नेपालको दाबी

काठमाडौं ( अनलाइन खेलखबर ) | दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण भब्यताका साथ मंगलबार सम्पन्न भएसँगै आयोजक नेपालले आयोजना ऐतिहासिक भएको ठहर गर्दै साग उत्कृष्ट आयोजना भएको नेपालको कथन रहेको छ ।

मंसिर १५ गतेबाट औपचारिक रुपमा ब्यबस्थित तरिकाले शुरु भएको प्रतियोगिताको समापन पनि उस्तै उल्लासमय तरिकाले सम्पन्न हुन पुगेको थियो ।

समापन समारोहलाई भिडियो प्रबिधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता ब्यवस्थित र भब्य रुपमा सम्पन्न भएकोमा खुशी ब्यक्त गरेका थिए ।

उनले प्रतियोगितालाई सफल पार्न खट्ने र सहभागी हुने सबैलाई नेपाल सरकारका तर्फबाट धन्यबाद समेत दिएका थिए । सुभकामना संदेशका क्रममा प्रधानमन्त्री ओलीले आगामी दिनमा खेलकुदको अझ बिकासका लागि सरकारले प्रयाप्त पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।

यस्तै मंगलबार भएको समापन कार्यक्रमका प्रमुख अतिथी उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नेपालले सागको १३औं संस्करण ऐतिहासिक रुपमा सम्पन्न गरेकोमा हर्षित भएको धारणा राखेका थिए ।

३५ बर्षअघि नेपालबाटै शुरु भएको सागको १३ औं संस्करण ऐतिहासिक साबित भएको चर्चा गर्दै उनले यो सफलताले बिश्वसामु नेपालको शिर अझ उचो भएको बताएका थिए ।
उपप्रधानमन्त्री पोखरेलले सगरमाथाको देश नेपाल अब खेलका माध्ययमबाट पनि बिश्वसामु चिनिने उल्लेख समेत गरे ।

यस्तै युवा तथा खेलकुदमन्त्री जगतबहादुर (सुनार) विश्वकर्माले प्रतियोगिता ऐतिहासिक रुपमा सफल भएकोमा खुसी ब्यक्त गर्दै सहभागि राष्ट्र, खेल ब्यबस्थापक, खेलाडीलगायत सबैलाई धन्यबाद दिएका थिए ।

यता राष्ट्रिय खेलकुद परिषद(राखेप ) का सदस्यसचिब रमेशकुमार सिलबालले यो प्रतियोगिताको ऐतिहासिक सफलताले नेपालले जस्तो सुकै अबस्थामा पनि गर्न सक्छ भन्ने सन्देश दिएको बताएका थिए ।

यसअघि दुई–दुई पटक सरेको प्रतियोगिता आफू सदस्य–सचिब भएको चार महिनाभित्रै सम्पन्न गर्न सकिएको भन्दै उनले सफलताका लागि खट्ने सबैलाई धन्यबाद समेत दिएका थिए ।

समापनका अवसरमा १४ औं सागको आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको थियो । अब अर्को संस्करणको साग पाकिस्तानले गर्नेछ ।

सो अवसरमा बिभिन्न आकर्षक झाँकी, मार्चपास, सांस्कृतिक कार्यक्रम, आतिषबाजीलगायतका बिशेष प्रस्तुतीहरु प्रदर्शन गरिएको थियो ।

यता प्रदर्शनको हिसाबले हेर्ने हो भने नेपालले अहिलेसम्मकै ठुलो उपलब्धि समेत हासिल गरेको छ । सागको ईतिहासमा नेपालले अहिलेसम्मकै ठुलो उपलब्धि हासिल गर्ने क्रममा ५१ स्वर्ण पदक ६० रजत र ९५ कास्य पदक सहित कुल २ सय ६ पदक प्राप्त गर्ने सफल हुँदा सागमा नेपाल पदक सङख्यामा दोस्रो स्थानमा रह्यो ।

पहिलो स्थानमा भने स्वाभाविक भारतनै रह्यो । भारतले सागमा १ सय ७४ स्वर्ण , ९३ रजत र ४५ कास्य पदक सहित कुल ३सय १२ पदक सहित पहिलो स्थानमा रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *