onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

फुटबलमा नेपाललाई लगातार दोस्रो पटक स्वर्ण पदक

काठमाडौं ( अनलाइन खेलखबर ) । घरेलु टोली नेपालले दक्षिण एसियाली खेलकुद ( साग ) तर्फ पुरुष फुटबलको स्वर्ण जित्न सफल भएको छ ।

मंगलबार भएको फाइनल खेलमा नेपालले भुटानलाई प्रतिष्पर्दात्मक बनेको खेलमा २-१ ले पराजित गर्दै नेपालले लगातार सागको फुटबलमा स्वर्ण जित्न सफल भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई स्वर्ण दिलाउँने क्रममा अभिषेक रिजाल र सुनिल बलले गोल गरेका थिए ।

जसमा खेलको १६ औं मिनेटमा नेपालले सुरुवाती अग्रता बनाएको थियो । नेपाललाई सुरुवाति अग्रता अभिषेक दिलाएका थिए ।

त्यसपछि खेलको ३७ औं मिनेटमा  भुटानले बराबरी गोल फर्काएको थियो । टिमलाई बराबरीमा ल्याउन भुटानका कप्तान चेन्चो ग्याल्सेनले गोल गरेका थिए ।

पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेल मा खेलको ५४ औं मिनेटमा नेपालका सुनिल बलले दोस्रो गोल गरेपछी खेल नेपालले आफ्नो पक्षमा पार्न सफल भयो ।

यसअघि नेपालले अघिल्लो भारतमा भएको सागमा पनि स्वर्ण जित्न सफल भएको थियो । यता पहिलो पटक फाइनल पुगेको भुटानलाई रजत प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्