onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

महिला फुटबलमा नेपाललाई रजत पदक

शलमान शाह , पोखरा ( अनलाइन खेलखबर )|१३ औं दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत महिला फुटबलमा घरेलु टोली नेपालले रजत पदक जित्न सफल भएको छ ।

आईतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा भारतसँग नेपाल पराजित हुन पुगेपछि नेपालले रजत पदकमा चित्त बुझाउन बाध्य भयो ।

यता नेपाललाई पराजित गरेको भारतलाई स्वर्ण पदक हासिल हुँदा कास्य पदक माल्दिभ्सले जित्न सफल भएको छ ।

पोख्रेली घरेलु समर्थकहरुको भरपुर साथ पाएको नेपालले घरेलु समर्थकहरुलाई खुशी दिन भने असफल भयो

खेलमा भारतले नेपालबिरुद्ध पहिलो हाफमा एक गोल र दोस्रो हाफमा पनि एक गोल गर्दै समग्रमा नेपाल २-० गोल अन्तरले पराजित हुन पुगेको थियो ।

यसअघि लिग चरणमा भेट हुँदा पनि नेपाल भारतसँग १-० ले पराजित हुन पुगेको थियो ।

भने लिगमा नेपालले श्रीलंकालाई १-० र माल्दिभ्सलाई ३-० ले पराजित गर्दै लिगको अंकतालिकामा दोस्रो स्थानमा रहँदै नेपाल फाइनल प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्