onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अष्ट्रेलियामा `बि एम ड्ब्लु कप´सुरु : पहिलो दिन ४ टिम विजयी

काठमाडौं ( अनलाइन खेलखबर )| अष्ट्रेलियास्थित मेलबर्नमा जारी `बि एम ड्ब्लु कप´ टि – ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो दिन आईतबार एन के सिसी , गोर्खाली क्रिकेट क्लब , रोयल राइनोज क्रिकेट क्लब र सगरमाथा क्रिकेट क्लब विजयी भएका छ्न ।

रोयल राइनोज क्रिकेट क्लबको आयोजनामा तथा बिएमड्ब्लु एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा आईतबारबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा एनके सीसीले विसिसीलाई ५९ रनले पराजित गरेको थियो ।

यस्तै दोस्रो खेलमा गोर्खाली क्रिकेट क्लबले हिमालयन क्रिकेट क्लबलाई २५ रनले पराजित गर्दा हिम अष्ट्रेलियालाई सगरमाथा क्रिकेट क्लबले ८२ रनले पराजित गर्न सफल भएको थियो ।

यस्तै दिनको अन्तिम खेलमा एक्सपर्ट क्रिकेट क्लबमाथि रोयल राइनोज क्रिकेट क्लबले १० विकेट जित आत्मसात गरेको थियो ।

प्रतियोगितामा नेपाली समुदायको कुल ८ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्