onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल १३ औं दक्षिण एसियायी खेलकुद ( साग ) बिशेष

बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं ( अनलाइन खेलखबर ) | घरेलु टोली नेपाल १३ औं दक्षिण एसियाली खेलकुद ( साग ) को पुरुष फुटबलतर्फ फाइनल प्रवेश गरेको छ ।

आईतबार भएको लिगको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १-० ले पराजित गरेसँगै लिगको पहिलो स्थानमा रहदै नेपाल फाइनल प्रवेश गरेको हो ।

घरेलु समर्थकहरुबाट पूरा साथ पाएको नेपालले बंगलादेशलाई पराजित गर्ने क्रममा नेपालले खेलको ११ औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक हुन पुग्यो ।

उक्त गोल नेपालका कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गरेका थिए ।

अब नेपालले २४ गते हुने फाइनल खेलमा सागको ईतिहासमा पहिलो पटक फाइनल पुगेको भुटानसँग प्रतिष्पर्दा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *