onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

महिला क्रिकेटतर्फ बंगलादेशलाई स्वर्ण पदक

काठमाडौं ( अनलाइन खेलखबर )| दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत महिला क्रिकेटतर्फ बंगलादेशले स्वर्ण पदक जित्न सफल भएको छ ।

आईतबार पोखरा रंगशाला मैदानमा भएको फाइनल खेलमा बंगलादेशले स्वर्ण जित्ने क्रममा श्रीलंकालाई रोमान्चक बनेको खेलमा २ रनले पराजित गर्न सफल भएको थियो ।

यस्तै पराजित भएको श्रीलंका रजतमा चित्त बुझाउँदा आयोजक नेपालले कास्य पदक जित्न सफल भएको थियो ।

खेलमा बंगलादेशले दिएको ९२ रनको विजयी चुनौतीलाई पछ्याएको श्रीलंका निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर ८९ रनमा सिमित हुन पुगेपछि रोमान्चक खेलमा बंगलादेशले बाजी मार्न सफल भयो ।

श्रीलंकाका लागि कप्तान हर्सीथा मादभीले सर्वाधिक ३२ रनको योगदान गरिन । ३३ बलको सामना गरेकी उनले ४ चौकाको मद्दतमा उक्त पारी खेल्दा लिहिनी अप्पराले २५ रनको योगदान गरेपनि अन्त्यका खेलाडीले निराशाजनक प्रदर्शन गर्दा टिम जित नजिक पुगेर पनि पराजित हुन पुग्यो ।

बलिङतर्फ बंगलादेशकी नाहिदा अख्तरले २ तथा जहनारा आलम , सलमा खातुन र खादीजाले समान १/१ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभर पुरै खेल्दै ८ विकेट गुमाएर ९१ रन बनाएको थियो ।

बंगलादेशका लागि निगार सुल्तनाले अविजित रहदै २९ रनको योगदान गर्दा फहिमा खातुन र संजिदा ईस्लामले समान १५/१५ रन बनाएका थिए भने ओपनर ब्याटर मुरशीदा खातुनले १४ रनको योगदान गर्दा टिम सम्मानजनक स्कोरतर्फ पुगेको थियो ।

बलिङतर्फ श्रीलंकाकी उमेशा थिमांसहिनीले सर्वाधिक ४ विकेट हात पारिन ।

प्रतिक्रिया दिनुहोस्