onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

फाइनल पुग्ने निर्णायक खेलमा आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं ( अनलाइन खेलखबर ) | दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत पुरुष फुटबलतर्फ आज लिगको अन्तिम खेलमा घरेलु टोली नेपालले बंगलादेशसँग प्रतिष्पर्दा गर्दैछ ।

जुन खेलले फाइनल पुग्ने अर्को टिमको निर्धारण गर्नेछ । आज हुने खेलमा नेपालले जितेमा या बराबरी गरेपनी नेपाल फाइनल पुग्नेछ ।

यदि पराजित भएको खण्डमा अहिले अंकतालिकामा दोस्रोस्थानमा रहेको नेपालको ७ अंक छ भने नेपाललाई पछ्याईरहेको बंगलादेशको ४ अंक छ ।

यस्तोमा बंगलादेश विजयी रहे उसको पनि ७ अंक हुनेछ र ‘हेड–टु–हेड’ का आधारमा फाइनल पुग्नेछ ।

त्यसअघि भुटानले भुटानलाई ऐतिहासिक सफलता हात पार्ने क्रममा भुटान सागमा पहिलो पटक फाइनल पुगेको छ ।

फोटोमा – माल्दिभ्ससँगको खेल

अब भुटानलाई जिते स्वर्ण अर्को ईतिहास नभए रजत जो भुटान फुटबलको लागी पनि अहिले सम्मकै ठुलो उपलब्धि हुनेछ ।

साग फुटबलमा पहिलो पटक फाइनल पुग्ने क्रममा शनिबार भएको निकै महत्वपूर्ण खेलमा भुटानले श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।

त्यसअघि भुटानले पहिलो खेलमा बंगलादेश लाई १-० ले पराजित गरेको थियो । भने दोस्रो खेलमा घरेलु टोली नेपालसँग ४-० को फराकिलो हार ब्यहोरेको थियो ।

तर तेस्रो खेलमा माल्दिभ्सलाई २-१ ले पराजित गरेपछी भुटान फाइनल नजिक पुगेको थियो ।

अब भुटानले फाइनलमा नेपाल र बंगलादेश मध्य एक टोलीसँग आउँदो २४ गते फाइनल खेल्नेछ ।

जसको लागी आज बेलुकी ५ बजेपछी निर्णायक खेल हुँदैछ । तुलनात्मक रुपमा नेपाल भन्दा बंगलादेश कमजोर देखिएको छ यो सागका दौरान , बंगलादेश त्यही टिम हो जसलाई फाइनल पुगेको भुटानले पहिलो खेलमा १-० ले पराजित गरेको थियो ।

भने नेपालले भुटानलाई ४-० ले पराजित गर्न सफल भएको थियो । यसले पनि प्रष्ट सङ्केत गर्छकी नेपाल आजको खेलमा पक्कै हाबी हुनेछ जसमा नेपाललाई घरेलु दर्शकहरुको पनि राम्रो साथ हुनेछ ।

जसले गर्दा खेलाडीहरुमा थप उर्जा आउँने हुँदा नेपालले आज सोचे अनुरुप प्रदर्सन गर्नेमा धेरैले विश्वास व्यक्त गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस्