onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

फाइनल पुग्न नेपालले पायो मध्यम लक्ष्य

काठमाडौं ( अनलाइन खेलखबर ) | १३ औं दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत महिला क्रिकेटमा अहिले नेपालले श्रीलंकासँग खेलिरहेको छ ।

पोखरास्थित पोखरा रंगशाला मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेट गुमाएर १ सय १८ रन बनाएको छ ।

नेपालविरुद्द मध्यम लक्ष्य बनाउँने क्रममा श्रीलंकाका लिनिनी अप्सराले सर्बाधिक ३७ रनको योगदान गरिन । २७ बलको सामना गरेकी उनले ५ चौकाको मद्दतमा उक्त स्कोर बनाउँन सफल भईन

यस्तै जानदि अनालीले पनि ३५ तथा सथ्या सन्दिपालीले २२ रन बनाएपछी टिम मध्यम योगफलतर्फ पुगेको हो ।

बलिङतर्फ नेपालकी सोनु खड्का र सरस्वती कुमारीले समान २/२ तथा अन्जली चन्दले १ विकेट हात पारिन ।

यसअघि दुई खेलमा एकमा जित र एकमा हार ब्यहोरेको नेपाल फाइनल पुग्न आजको खेलमा श्रीलंकालाई नेपालले जसरी पनि हराउँनै पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्