onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

१३ औं सागले तोड्यो , २० वर्ष अघिको रेकर्ड !

काठमाडौं ( अनलाइन खेलखबर ) | दक्षिण एसियाली मुलुकहरुको खेलको महा – कुम्भमेला अहिले नेपालमा जारी रहेको छ ।

तेस्रोपटक दक्षिण एसियायी खेलकुद ( साग ) को आयोजना गरिरहेको नेपाललाई आयोजना फापेको महसुस गर्न थालिएको छ ।

आयोजकका हिसाबले खेलहरु राम्रो तरिकाले आयोजित भईरहेका छ्न भने अर्कोतिर नेपाली खेलाडीहरुबाट पनि राम्रो प्रदर्शन भईरहेको छ ।

जुन आयोजक नेपाल र सम्पुर्ण नेपालीमा गौरवको बिषय बनिरहेको अवस्था आफैमा सकारात्मक बन्दै गर्दा नेपालले अहिले सम्मकै सर्वाधिक पदक पनि यहि १३ औं संस्करणको सागबाट प्राप्त गर्न सफल भईसकेको छ ।

यसअघि घरेलु मैदानमा २० वर्षअघि आयोजित ८ औँ सागमा नेपालले कुल ३१ स्वर्ण जितेको थियो र अहिले २० वर्षपछि आएर त्यो कीर्तिमान तोडिएको छ ।

हालसम्म यो संस्करणमा नेपालले स्वर्ण सङ्ख्या ३६ तथा रजत २७ र कास्य ३८ गरि कुल १ सय १ पदक सङ्ख्या पुर्याईसकेको छ । र तालिकामा नेपाल दोस्रो स्थानमा सुरक्षीत रहेको छ ।

भने भारत तालिकाको पहिलो स्थानमा रहेको छ । हालसम्म भारतले ६२ स्वर्ण , ४१ रजत र २१ कास्य पदक सहित कुल १ सय २४ पदक आफ्नो नाममा लेखाउँन सफल भईसकेको छ ।

यता नेपाललाई पछ्याईरहेको पाकिस्तानले आफ्नो पदक सङ्ख्यामा १७ स्वर्ण , ३५ रजत र ५५ कास्य पदक गरि कुल १ सय ७ पदक जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्