onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पौडीमा ब्यक्तिगततर्फ नेपाललाई पहिलो पटक सफलता : गौरिकाले जितिन् स्वर्ण

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जित्न सफल भएकी छिन ।

बिहिबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको खेलमा गौरिकाल्व महिला २०० मिटर फ्रिस्टाईलतर्फ स्वर्ण जित्न सफल भएकी हुन ।

उनले यो दुरीलाई २ मिनेट ०५.०६ सेकेण्डमा पूरा गरेकी थिइन । जुन उनलाई स्वर्ण जित्न प्रयाप्त बन्यो ।

भने उनलाई पछ्याईएकी भारतकी सिभागी शर्माले रजत प्राप्त गरिन उनले सो दुरी २ मिनेट ०७.१९ सेकेण्डमा पूरा गरेकी थिईन ।

यस्तै कास्य पदक बंगलादेशकी अहमेद जुनायानाले जित्न सफल भईन उनले यो दुरीलाई २ मिनेट १८.१३ सेकेण्डमा पूरा गरेकी थिइन ।

योसँगै पौडिले पनि ब्यक्तिगततर्फ पहिलो स्वर्ण जित्न सफल भएको छ । यसअघि समूहमा मात्र नेपालले स्वर्ण जित्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्