खो खो खेलमा नेपाललाई रजत पदक

खो खो खेलमा नेपाललाई रजत पदक

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं संस्करणको दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत महिला टिमले खो खोमा रजत पदक जितेको छ ।

बुधबार कीर्तिपुरस्थित नयाँ बजारमा भएको फाइनलमा भारतले नेपाललाई १७–५ ले पराजित गरेपछी नेपालले रजत प्राप्त गरेको हो ।

यस्तै बंगलादेशले कास्य पदक जित्न सफल भयो ।

यता पुरुषतर्फ पनि भारतले नै स्वर्ण जित्न सफल भयो । जसअन्तर्गत फाइनलमा भारतले बंगलादेशलाई १६–९ ले पराजित गरेको थियो ।

यता नेपालले भने कास्य पदक प्राप्त गर्न सफल भयो । नेपाल र श्रीलंकाबीच कास्य पदकका लागी भएको खेलमा नेपालले श्रीलंकालाई १३–७ ले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *