onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल अन्तिममा सम्हालिन नसक्दा नेपाल र श्रीलंकाको खेल बराबरीमा

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत पुरुष फुटबलमा नेपालले दोस्रो खेलमा श्रीलंकासँग बराबरी खेलेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको खेलमा नेपालले श्रीलंकासँग अन्तिम समयमा गोल खाएपछी खेल १-१ को बराबरीमा सकिएको हो ।

श्रीलंकाविरुद्धको खेलमा नेपालले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गरेको थियो ।

खेलको ३६ औं मिनेटमा प्राप्त गरेको पेनाल्टीलाई नेपालका कप्तान सुजल श्रेष्ठले सदुपयोग गर्दै अग्रता दिलाएका थिए ।

त्यसपछि बाकी समयमा पनि नेपालले श्रीलंकाको पोस्टमा बारम्बार आक्रमक गरेपनि सफल हुन भने सकेन तर श्रीलंकाले अन्तिम तिर ईन्जुरी समयमा उल्टै नेपालमाथि गोल गर्दा जितिसकेको खेल नेपालले गुमाउन पुग्यो ।

यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ४-० गोल अन्तरले पराजित गरेको थियो । अब नेपालले तेस्रो खेलमा आउँदो शनिबार माल्दिभ्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्