onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्तोषी श्रेष्ठ बनिन, सागमा एथ्लेटिक्सतर्फबाट स्वर्ण जित्ने पहिलो महिला खेलाडी

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत एथ्लेटिक्सतर्फ १० हजार मिटर दौडमा नेपालले स्वर्ण पदक जित्न सफल भएको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दौडमा नेपालीकी सन्तोषी श्रेष्ठले स्वर्ण जित्न सफल भएकी हुन ।

उनले उक्त दौडलाई ३५ मिनेट ७.९४ सेकेन्डमा
पूरा गर्दा त्यो स्वर्णका लागी प्रयाप्त हुन पुग्यो उनलाई पछ्याएकी भारतकी कविता यादव ०.०१ सेकेण्डले पछि पर्दा रजतमा चित्त बुझाउन बाध्य भईन ।

यस्तै कास्य पदक भने श्रीलंकाकी निलान्थी लंकाले हात पारिन उनले दौड ३५ मिनेट ५९.०२ सेकेण्डमा पूरा गरेकी थिईन ।

यो सँगै सागमा नेपाली महिला एथ्लेटिक्सको तर्फबाट पहिलो स्वर्ण जित्ने खेलाडीले सन्तोषी श्रेष्ठ बनेकी छिन ।

प्रतिक्रिया दिनुहोस्