onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

भलिबल १३ औं दक्षिण एसियायी खेलकुद ( साग ) बिशेष

पुरुष भलिबलतर्फ भारतलाई स्वर्ण पदक

काठमाडौं (अनलाइन खेलखबर ) | भारतले दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत पुरुष भलिबलमा स्वर्ण पदक जितेको छ ।

फाईल फोटो

मंगलबार भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै पुरुष भलिबलतर्फ स्वर्ण जित्न सफल हुँदा पाकिस्तानले रजत पदक र श्रीलंकाले कास्य पदक जितेको छ ।

खेलमा पाकिस्तानले पहिलो सेट जितेको भएपनि त्यसपछिका ३ खेलमा भारतले लगातार ३ सेट जित्दै भलिबलतर्फ स्वर्ण जित्न सफल भयो ।

भारतले दोस्रो सेटमा पाकिस्तानलाई २५ -१५ ले पराजित गर्दा तेस्रो सेटमा २५-१७ ले पाकिस्तानलाई हराएको थियो भने चौथो जुन निकै प्रतिष्पर्दात्मक बनेको थियो ।

जसमा भारतले नै बाजी मार्दा भारतले स्वर्ण जित्न पर्याप्त बन्यो । चौथो सेटमा भारतले पाकिस्तानलाई २९ -२७ ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *