onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

भलिबल १३ औं दक्षिण एसियायी खेलकुद ( साग ) बिशेष

नयाँ ईतिहास कोर्ने दाउमा नेपाली महिला भलिबल टिम

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं संस्करणको दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत महिला भलिबलको स्वर्ण पदकका लागी आज नेपाल र भारतबीच प्रतिष्पर्दा हुँदैछ ।

सागको ईतिहासमा पहिलोपटक स्वर्णका लागि भिड्न लागेको नेपालले यसअघि ३ पटक तेस्रो स्थान (कास्य पदक ) मा चित्त बुझाउन बाध्य भएको थियो ।

तर यसपटक घरमै भएको खेलमा नेपालले राम्रो प्रदर्शन गर्दै फाइनल यात्रा तय गरिसकेको छ । फाइनल पुगेसँगै नेपाली टोलीले अहिलेसम्मकै ठुलो उपलब्धि हासिल गरिसकेको भएपनि नेपाल यहिमा चित्त बुझाउनेमा छैन ।

नेपालले स्वर्ण नेपालमै राख्नका लागि आफ्नो अन्तिम अस्त्र यस खेलमा प्रयोगमा ल्याउने छ । र टिमको मनोभावलाई हेर्दा पनि नेपाल स्पष्ट रहेको छ ।

तर यसोमा नेपाललाई भारत जस्तो बलियो टिमलाई हराउदै स्वर्ण जित्न भने त्यति सहज हुने भने छैन । प्रतियोगिता भए अपराजित रहदै आएको भारतले नेपाललाई समूह चरणको भेटमा पनि सहज तरिकाले जित हासिल गरेको थियो ।

सो खेलमा नेपालले पहिलो सेटमा कडा टक्कर दिएको भएपनि दोस्रो र तेस्रो सेटमा भने नेपालले निकै खराब प्रदर्शन गर्दै खेल गुमाएको अबस्था थियो । यस्तोमा नेपालले सो खेलबाट ठुलो पाठ सिकेको हुनुपर्छ जुन आजको खेलमा सुधार गर्न अति आबस्यक रहेको छ ।

यता नेपाल प्रतियोगितामा भारत बाहेक अन्यमाथि भने नेपालले सुखद प्रदर्शन गरको थियो । पहिलो खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दा दोस्रो खेलमा भने नेपाल भारतसँग निराश हुन् पुगेको थियो ।

त्यसपछी समूह”ए ” को उप विजेताको हैसियतबाट सेमीफाइनल पुगेको नेपालले सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेपछी नेपालले भारतसँग फाइनल भेट पक्का गरेको थियो । भारतले भने सेमीफाइनलमा माल्दिभ्सलाई पराजित गरेको थियो ।

अब नेपाललाई एउटा मौका फेरि आएको छ समूह चरणमा भोगेको हारको बदला लिदै सागको स्वर्ण जित्ने जुन नेपालले क्षमता पनि रहेको छ ।

खेल दिउँसो ४ बजेपछि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ( राखेप ) को कभर्डहलमै हुनेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *