onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल १३ औं दक्षिण एसियायी खेलकुद ( साग ) बिशेष

माल्दिभ्स र श्रीलंकाबीचको खेल बराबरीमा

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत पुरुष फुटबलको दोस्रो खेलमा श्रीलंका र माल्दिभ्सले गोल रहित बराबरी खेलेका छन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले केहि सुनौला अबसर प्राप्त गरेको भएपनि गोलमा परिणत गर्न नसक्दा दुवै टिम पहिलो खेलबाट अंक बाड्न बाध्य भए ।

त्यसअघि आजनै भएको साग पुरुषको पहिलो खेलमा भुटानले बंगलादेशलाई १-० ले पराजित गरेको थियो ।

जसमा भुटानका लागि कप्तान चेंको एल्सेनले खेलको ६५ औं मिनेटमा गरेको एक मात्र गोल अन्तत टिमलाई जित हासिल गर्ने पर्याप्त बनेको थियो ।

अब पुरुष फुटबलमा भोलि( मंगलबार ) दिनको पहिलो खेलमा आयोजक नेपालले भुटानसँग खेल्नेछ । खेल दिउँसो १ बजेपछि हुनेछ । त्यसपछी बंगलादेश र माल्दिभ्स भिड्ने छन

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *