onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

भलिबल १३ औं दक्षिण एसियायी खेलकुद ( साग ) बिशेष

महिला भलिबलतर्फ श्रीलंकालाई कास्य पदक

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत महिला भलिबलमा श्रीलंकाले कास्य पदक जितेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ( राखेप ) को कभर्डहलमा कास्य पदकका लागि भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई ३ -० को सोझो सेटमा पराजित गरेपछी श्रीलंका लाई त्यो कास्य पदकका लागि पर्याप्त बन्यो ।

खेलमा श्रीलंकाले पहिलो सेट २५-१३ ले जितेको थियो भने दोस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । र तेस्रो सेटमा पनि श्रीलंकाले माल्दिभ्सलाई २५-८ ले पराजित गरेपछि श्रीलंकाले कास्य पदक सुरक्षित गरेको हो ।

यस्तै आजनै भएको पुरुष भलिबलमा श्रीलंकाले नै कास्य पदक जितेको थियो । कास्य पदक जित्ने क्रममा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको थियो ।

यता महिला भलिबलको स्वर्णका लागि भोलि (मंगलबार ) आयोजक नेपालले भारतसँग खेल्नेछ यो खेल दिउँसो ४ बजेपछी सुरु हुनेछ ।

सागको ईतिहासमा नेपाल पहिलो पटक फाइनल खेल्दैछ । यसअघि ३ पटक कास्यपदक जितेको नेपाल यसपटक ईतिहास रच्ने दाउमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *