onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल

बार्सिलोना ला लिगा फुटबलको शीर्षस्थानमा उक्लियो !

एजेन्सी – स्पेनिस लिग ला लिगा फुटबलमा एटलेटिको मैड्रिडलाई पराजित गर्दै बार्सिलोना अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति एटलेटिको घरेलु मैदान वांडा मेट्रोपोलिटानोमा भएको खेलमा बार्सिलोनाले साघुरो जित निकाल्ने क्रममा एटलेटिको मैड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

एटलेटिको मैड्रिडमाथि जित हासिल गर्ने क्रममा बार्सिलोनाका लागी स्टार फुटबलर तथा टिमका कप्तान लियोनल मेस्सीले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए जुन पछि टिमलाई स्पष्ट ३ अंक जोडन प्रयाप्त बन्यो ।

योसँगै बार्सिलोना १४ खेलबाट ३१ अंक जोड्दै अंकतालिकाको पहिलो स्थानमा उक्लिएको हो भने पराजित हुन पुगेको एटलेटिको मैड्रिड पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *