onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

भलिबल १३ औं दक्षिण एसियायी खेलकुद ( साग ) बिशेष

पुरुष भलिबलमा श्रीलंकालाई पराजित गर्दै भारत फाइनल प्रवेश

काठमाडौं ( अनलाइन खेलखबर ) । नेपालमा जारी दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत पुरुष भलिबलमा भारत फाइनल प्रवेश गरेको छ ।

आईतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ( राखेप ) को कभर्डहलमा भएको खेलमा भारतले श्रीलंकालाई ३-१ सेटमा पराजित् गर्दै फाइनल पुगेको हो ।

प्रतिष्पर्दात्मक बनेको खेलमा भारतले पहिलो सेटमा श्रीलंकालाई २७ -२५ ले पराजित गरेको थियो भने दोस्रो सेटमा २५-१९ ले पराजित गरेको थियो ।

भने तेस्रो सेटमा भारतले गुमाएको थियो । भारत श्रीलंकासँग २५ -२१ ले पराजित हुन पुगेको थियो । भने चौथो सेटमा भारतले २५-२१ ले जित हासिल गर्दै समग्रमा ३-१ ले पराजित गर्दै फाइनल पुगेको हो ।

अब भारतले स्वर्णका लागि फाइनलमा पाकिस्तान र बंगलादेशबीचको विजेतासँग आउँदो मंगलबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *