onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

महिला भलिबलमा भारत फाइनल प्रवेश

काठमाडौं ( अनलाइन खेलखबर ) । दक्षिण एसियाली खेलकुद (साग ) अन्तर्गत महिला भलिबलमा भारत फाइनल प्रवेश गर्न सफल भएको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप ) को कभर्डहलमा भएको पहिलो सेमीफाइनल खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत फाइनल प्रवेश गरेको हो ।

माल्दिभ्सबिरुद्दको खेलमा भारतले पहिलो सेट २५-१४ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो | यस्तै दोस्रो सेटमा भने माल्दिभ्स निकै कमजोर देखियो र दोस्रो सेट २५-६ ले गुमायो ।

यस्तै खेलको अन्तिम सेटमा भारतलेले माल्दिभ्सलाई २५-१७ ले पराजित गरेसँगै भारतलाई त्यो फाइनल प्रयाप्त भयो ।

अब भारतले फाइनलमा नेपाल र श्रीलंकाबीचको विजेतासँग आउँदो मंगलबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्