onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

शृङ्खला छिम्तीले उचाल्यो पाँच पोखरी सुपर -८ क्रिकेट प्रतियोगिताको उपाधि

काठमाडौं ( अनलाइन खेलखबर ) । सिन्धुपाल्चोक जिल्लास्थित पाँच पोखरीमा भएको पाँच पोखरी सुपर -८ क्रिकेट प्रतियोगिताको उपाधि शृङ्खला छिम्ती क्रिकेट क्लबले उचालेको छ ।

शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा पाँच पोखरी क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै शृङ्खला छिम्ती
प्रतियोगिताको च्याम्पियन बनेको हो ।

खेलमा पाँच पोखरीले दिएको ७६ रनको विजयी चुनौतीलाई शृङ्खला छिम्ती ७.३ ओभरमा ४ विकेट गुमाएर उक्त चुनौतीलाई पूरा गर्यो ।

टिमलाई उपाधि दिलाउने क्रममा जंग बहादुर तामाङले अर्धशतकीय पारी खेल्ने क्रममा ५० रनको योगदान गरेका थिए भने अशोक तामाङले १४ रनको योगदान गरे ।

बलिङतर्फ पाँच पोखरीका मधु धितालले २ तथा विजय धितालले १ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाँच पोखरी ७.५ ओभरमा अलआउट हुँदै ७५ रन बनाएको थियो ।

पाँच पोखरीका लागि मधु धितालले २४ तथा सविन धितालले २३ रनको योगदान गरेका थिए ।

बलिङतर्फ शृङ्खला छिम्ती सुरज तामाङले ३ विकेट हात पारे ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी जंग बहादुर तामाङ घोषित हुँदा उत्कृष्ट बलर एकनाथ नेपाल र उत्कृष्ट ब्याट्सम्यान अरुण तामाङ घोषित भए ।

यो सँगै विजेता शृङ्खला छिम्तीले नगद ७५ हजार सहित ट्रफी , प्रमाणपत्र प्राप्त गर्दा उप – विजेता पाँच पोखरी क्रिकेट क्लबले नगद ३५ हजार सहित ट्रफी प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *