onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

अन्तिम मैत्रीपूर्ण खेलमा माल्दिभ्समाथि नेपालको सहज जित

काठमाडौं ( अनलाइन खेलखबर ) । दक्षिण एसियायी खेलकुद ( साग ) को पूर्व सन्धामा साग खेल्न आईपुगेको माल्दिभ्स र नेपाल `ए´ बीचको अन्तिम मैत्रीपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई ८ विकेटले पराजित गरेको छ ।

माल्दिभ्समाथि लगातार तेस्रो जित हासिल गर्ने क्रममा नेपाललाई माल्दिभ्सले दिएको १ सय १३ रनको सामान्य विजयी चुनौतीलाई नेपालले १३.५ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

नेपाललाई सहज जित निकाल्ने क्रममा ओपनर सुनिल धमलाले सर्बाधिक ४१ रनको योगदान गरे । अविजित रहेका उनले ३२ बलको सामना गर्दै ३ चौका र २ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

यस्तै टिमका लागि सुबाश खकुरेलले ३६ रनको योगदान गरे । उनि पनि अविजित रहेका उनले ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरे भने ओपनर ब्याट्सम्यान रित गौतमले २४ रन जोडेका थिए ।

बलिङतर्फ माल्दिभ्सका हसन इबरहिमले २ विकेट हात पारे ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको माल्दिभ्सले निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा १ सय १२ रन बनाएको थियो ।

माल्दिभ्सका लागि अहमद हसनले सर्वाधिक १९ रनको योगदान दिदा मोहम्मद रिजवानले १२ तथा मोहम्मद इमान अलीले १० रन बनाएका थिए । भने अन्त्यमा हसन इबरामले १७ रनमा अविजित रहे ।

बलिङतर्फ नेपालका लागि तिलक भण्डारीले ३ तथा बिक्रम शोवले २ विकेट लिए । भने आकश चन्द, रावल प्रताप सिंह र शेर मल्लले समान १-१ विकेट लिएका थिए ।

योसँगै माल्दिभ्सको नेपाल तयारी सकिएको छ । अब माल्दिभ्सले सागमा प्रतिश्पर्दा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *