पाँचपोखरी सुपर-८ क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा

पाँचपोखरी सुपर-८ क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा

काठमाडौं ( अनलाइन खेलखबर ) | सिन्धुपाल्चोक जिल्लास्थित पाँच पोखरीमा जारी पाँचपोखरी सुपर-८ क्रिकेट प्रतियोगिता को क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

प्रतियोगितामा बिहिबार भएको खेलबाट भोटाङ युथ क्रिकेट क्लब ,पाँचपोखरी क्रिकेट क्लब, श्रृखला क्रिकेट क्लब र भोटाङ देबी क्वाटरफाइनलमा पुगेका छन् ।

भने बुधबार मेलम्ची नगरपालीका , सिन्धु लायन्स क्रिकेट क्वव, यार्शा क्रिकेट क्लब र क्रिकेट क्लब बाराबिसे क्वाटरफाइनल पुगिसकेका थिए ।

१४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ७५ हजार सहित ट्रफी , प्रमाणपत्र प्राप्त गर्दा उप – विजेताले ३५ हजार नगद सहित ट्रफी प्रमाणपत्र पाउँने छन ।

यस्तै प्रतियोगिताको एक जना उत्कृष्ट खेलाडीलाई नेक्सस क्रिकेट एकेडेमीको तर्फबाट भारतमा प्रशिक्षणको ब्यबस्था मिलाउने छ भने अन्य ३ उत्कृष्ट खेलाडीलाई पनि काठमाडौंमा रहेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रशिक्षण गराउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *