onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

माल्दिभ्समाथि नेपालको सहज जित

काठमाडौं (अनलाइन खेलखबर ) || दक्षिण एसियायी खेलकुद ( साग ) को पूर्व सन्धामा साग खेल्न आईपुगेको माल्दिभ्स र नेपाल `ए´ बीच आज भएको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ ।

बिहिबार मुलपानी स्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा नेपाल `ए´ ले माल्दिभ्सलाई ४९ रनले पराजित गर्न सफल भयो ।

खेलमा नेपालले दिएको १ सय ५१ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको माल्दिभ्सले निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर १ सय १ रनमा सिमित हुन पुगेपछी खेल नेपालले आफ्नो पक्षमा पार्न सफल भयो ।

माल्दिभ्सका लागी युफुफ फरातले सर्वाधिक ४२ रनको पारी खेलेका थिए । ४६ बलको सामना गरेका उनले ४ चौका १ छक्काको मद्दतमा उक्त रन बनाए । यस्तै हसन अब्रिमले पनि सम्झनालायक प्रदर्शन गर्ने क्रममा १८ रन जोडे ।

बलिङतर्फ नेपालका नन्दन यादव र आकाश चन्दले समान २/२ विकेट हात पार्दा शेर मल्ल र मञ्जित श्रेष्ठले समान १-१ विकेट लिन सफल भएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल`ए´ ले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।

नेपालका लागि भिम सार्कीले ३३ रनको योगदान गरेका थिए । जुन ईनिङको ठुलो पारी समेत रहेको थियो । २७ बलको सामना गरेका उनले ३ चौका र १ छक्का सहित उक्त रन बनाएका थिए ।

यस्तै ओपनर ब्याट्सम्यान रित गौतमले २५ रन बनाए । भने अर्का ओपनर सुबाश खकुरेलले
२० रन जोडे ।

भने अमित श्रेष्ठले २९ रन तथा दिलिप नाथले १८ रन बनाए ।

बलिङतर्फ माल्दिभ्सका कप्तान मोहम्मद महफुजले ३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *