onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

महिला भलिबल टिमको शानदार सुरुवात

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाली महिला भलिबल टिमले दक्षिण एसियाली खेलकुद ( साग ) मा विजयी सुरुवात गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ( राखेप )को कभड हलमा भएको खेलमा नेपालले शानदार जित निकाल्ने क्रममा बंगलादेशमाथि सोझो ३-० को सेटमा पराजित गर्न सफल भयो ।

एकतर्फी बनेको खेलमा नेपालले पहिलो सेट २५-९ र दोस्रो सेटपनि नेपालले २५-९ सेटमा पराजित गरेको थियो ।

तेस्रो सेटमा भने बंगलादेशले केहि सुधारिएको प्रदर्शन गर्दै पराजित अन्तरलाई घटाएको थियो । तेस्रो सेटमा नेपालले बंगलादेशलाई २५-११ ले पराजित गर्न सफल भयो ।

अब नेपालले समूहको दोस्रो अर्थात अन्तिम खेल भोली( बिहिबार )भारतसँग खेल्नेछ । खेल बेलुका ५ बजेपछी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्