onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पीएसजीले राम्रो पुनरागमन गरेपछी रियल मेड्रिड र पीएसजीबीचको खेल बराबरीमा

एजेन्सी – च्याम्पियन्स लिग फुटबलमा रियल मेड्रिड र पेरिस सेन्ट जर्मेन पीएसजीबीचको खेल बराबरीमा सकिएको छ ।

गएराती रियलको घरेलु मैदानमा भएको खेलमा रियल र पीएसजीबीच २-२ को बराबरी हुन पुगेको थियो ।

खेलमा रियलले २–० ले अग्रता कायम गरेको भएता पनि पीएसजीले निकै राम्रो पुनरागमन गरेपछी खेल अन्ततः बराबरी हुन पुगेको थियो ।

रियलले खेलमा अग्रता १७ औं मिनेटमा बनाएको थियो । टिमलाई पहिलो गोल करिम बेन्जिमाले गरेका थिए ।

पहिलो हाफमा रियलले १-० को अग्रता कायम राखेको खेलमा ७९ औ मिनेटमा बेन्जिमाले नै टिमका लागी दोस्रो गोल गरे ।

२-० को अग्रता बनाईरहेको रियलले अन्त्यतिर सम्हालिन नसक्दा टिमले अंक बाढन बाध्य भयो ।

पीएसजीका एम्पापेले ८१ औं मिनेटमा पहिलो गोल गर्दा त्यसको दुई मिनेटपछि पाब्लो सरबियाले दोस्रो गोल गर्दै टिमलाई हारबाट जोगाए ।

योसँगै दुबै टिमले अन्तिम १६ मा स्थान बनाईसकेका छ्न ।

प्रतिक्रिया दिनुहोस्