सागको टिकेटिङ पार्टनरमा  ई-सेवा जोडियो ! टिकट बिक्री खुल्ला

सागको टिकेटिङ पार्टनरमा ई-सेवा जोडियो ! टिकट बिक्री खुल्ला

काठमाडौं(अनलाइन खेलखबर ) | आसन्न नेपालमा आयोजना हुन गईरहेको दक्षिण एसियायी खेलकुद ( साग ) को टिकेटिङ पाटर्नरको रुपमा नेपालको पहिलो ई-पेमेन्ट कम्पनी ई-सेवाको जोडिएको छ ।

अब सागका खेल हेर्न अब एक क्लिकका भरमा टिकट लिन सकिनेछ । जसले गर्दा खेल हेर्न रंगशाला तथा मैदान पुग्ने दर्शकहरुलाई टिकट खरिद गर्न कुनै कठिनाई नहुने र छिटो र सरल माध्यमबाट सागलाई दर्शकहरुले नियाल्न पाउँने ब्यबस्था मिलाईएको छ ।

नेपालको अग्रणी तथा लोकप्रिय ई-सेवाले टिकट बुकिङसमेत खुल्ला गरिसकेको छ । जसको पहिलो टिकट बुधबार हुने भलिबल खेलको टिकट अहिले धमाधम बिक्री समेत भईरहेको ईसेवाले जानकारी गराएको छ ।

यसपटक सागमा मुख्यत ४ खेलमा टिकटको ब्यबस्था गरिएको छ । जसमा क्रिकेट , फुटबल ,भलिबल र बास्केटबल रहेका छ्न ।

जसअन्तर्गत फुटबलमा साधारण प्याराफिटतर्फ ५ सय र भिआईपी प्यारापिटतर्फ एक हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ ।

यस्तै क्रिकेटमा सुरुवाती अबस्थामा २ सय र पछि सेमिफाइनल र फाइनलमा ५ सय निर्धारण गरिएको छ ।

भने भलिबल र बास्केटबलमा समान ५/५ सय तोकिएको छ ।

टिकट काट्नको लागि यहाँ क्लिक गर्नुहोला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *