onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दिप को एक पछि अर्को सफलता : अब उनी क्यानडाको ग्लोबल टी-२० लिग पनि खेल्ने

जेठ २० , अनलाईन खेलखबर || लडर्स मा भखरै वेस्ट ईन्डिज सगँ च्यारिटी मैत्रीपुर्ण खेल आईसिसी बिश्व ११ बाट खेल्दै अन्तर्राष्ट्रिय टि -ट्वान्टी मा डेब्ब्यु गरि स्वदेश फर्किएका नेपाल का स्टार युवा लेग स्पीनर सन्दीप लामिछाने ले क्यानाडाको ग्लोबल टी-२० क्रिकेट लिग खेल्ने भएका छन् ।

दिल्ली डेयरडेभिल्स बाट इन्डियन प्रिमियर लिग (आइपीएल ) बाट खेल्दै उत्कृष्ट प्रदशन गर्दै सबैको मन जित्न सफल भएका सन्दिप अहिले निकै चर्चाको शिखर मा छन , त्यति नै ब्यस्त पनि यसमा झन यो प्रतियोगिता थपिएको छ ।

क्यानडा को मोन्ट्रेल टाइगर्सबाट उनले त्यहाँ को लिग खेल्ने भएका हुन्।टाइगर्सले उनलाई छैटौँ राउण्डमा छनोट गरेका हो । उनि सगैँ टिम मा बिश्व चर्चित स्टार खेलाडी हरु पनि रहेका छ्न जसमा वेष्टइन्डिज का सुनिल नारायण श्रीलंकाका लाथिस मालिंगा र थिसारा परेरा, पाकिस्तानका मोहम्मद हाफिज लगायत का खेलाडी समेत छन् ।

यसपछि सन्दीप ले आगामी अगस्टमा बिश्व को अर्को चर्चित लिग क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्नेछन् । उनी क्रिस गेलको टिम सेन्ट नेभिस एण्ड किट्समा अनुबन्ध भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्