onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भारतले फुटबलमा सहभागि नजनाउँने

काठमाडौं (अनलाइन खेलखबर ) । नेपालमा हुन गईरहेको दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत पुरुष फुटबलमा भारतले सहभागि नजनाउँने भएको छ ।

प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक भईसकेको अबस्थामा पनि अन्ततः भारत प्रतियोगितामा सहभागी नजनाउँने भएको छ ।

यसअघि भारतले नखेल्ने कुराहरु बाहिर आएको थियो जुन अहिले आएर पूरा भएको छ ।

योसँगै अब साग पुरुष फुटबलमा मात्र ५ टिमले सहभागी जनाउने छ्न । र पुर्व खेल तालिका हटेर अब नयाँ खेल तालिका सार्वजनिक समेत हुनेछ ।

यता भारतीय महिला फुटबल टिमले भने सहभागि जनाउने छ । अघिल्लो संस्करणको सागमा पुरुष फुटबलतर्फ भारत उप – विजेता बन्दा नेपाल विजेता भएको थियो ।

भारतीय खेलाडीहरु ईन्डियन सुपर लिगमा व्यस्त रहेका छ्न । खेलाडीहरु सोहि लिगमा खेलिरहेका छ्न । जसले गर्दा भारतले आफ्नो लिगलाई प्राथमिकतामा राख्दै सागनै नखेल्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्